महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पस गाभिने, ९ सदस्य समिति गठन

महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पस गाभिने, ९ सदस्य समिति गठन

विराटनगर, १४ जेठ ।
विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पस र स्नातकोत्तर क्याम्पस एक आपसमा गाभीने भएका छन् । महेन्द्र मोरङबाट २०४० सालमा छुट्टीएर स्नातकोत्तर पढाई हुनेगरी पुरानो हवाई फिल्डमा छुट्टै स्नातकोत्तर क्याम्पस शुरु गरिएको थियो । अहिले स्नातकोत्तर तह अन्तरगत एउटै बिषयमा दुबै क्यम्पसमा अध्यापन भईरहेको र स्नातकोत्तर क्याम्पसमा बिद्यार्थीको संख्या घट्दै गई कतिपय बिषयमा बिद्यार्थी समेत छैनन ।

यसै सन्दर्भमा दुई क्याम्पसको दिर्घकालिन विकास र सुधारका लागि भन्दै मोरङ क्याम्पसका निमिति प्रमुख बाबुराम तिमल्सिना संयोजक र स्नातकोत्तर क्याम्पस प्रमुख डा.मनोज राउत सह संयोजक रहेको ९ सदस्य समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा मोहन कुमार सुबेदी, सदस्यमा भुषण ढुङ्गेल, डा. नारायण प्रसाद यादव, तुलसी निरौला, बेदप्रसाद संग्रौला, जयनारायण यादव, राजुराम थापा रहेका छन् । स्नातकोत्तर क्याम्पसका पुर्ब प्रमुख बल्लभ पौडेल, मोरङ क्याम्पसका पुर्ब प्रमुख डा. उपेन्द्र कोईरालाले महेन्द्र र स्नातकोत्तर क्याम्पस गाभिएर एक हुनु पर्नेमा जोड दिँदै आएका छन् । त्यस्तै त्रिभुवन विश्वबिद्यालयका उपकुुलपति तिर्थ खनियाँले विद्यार्थी कम भएर आर्थिक भार खेपी रहेका क्याम्पसहरु गाभिनुपर्ने बताउँदै आएका छन् । उनले विराटनगरका यी २ क्याम्पस गाभिनु उपयुक्त भएको विराटनगर आएको बेला बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्