विराटनगरमा नोवेलका चिकित्सकको लापरवाही, विरामीको मृत्युपछि ३ दिन देखि तानव

विराटनगरमा नोवेलका चिकित्सकको लापरवाही, विरामीको मृत्युपछि ३ दिन देखि तानव

विराटनगर, १४ जेठ ।
विराटनगरको नोबेल मेडिकल कलेजमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले नारावाजी गर्दै प्रदर्शन गरेका छन् । उपचारमा लापरवाही गर्ने चिकित्सकलाई तूरुन्त कार्वाही गर्नुपर्ने भन्दै मृतकका आफन्तले नोबेल अगाडी प्रदर्शन गरेका थिए । बिरामीको उपचारमा लापरवाही भएको उपचारमा संलग्न चिकित्सकले स्वीकार गरेपनि अस्पताल प्रशासनले कार्वाही नगरेको भन्दै पीडितका आफन्तले दिनभर अस्पताल परिसरमा नारावाजी गरेका थिए ।
पीडित परिवार आन्दोलनमा उत्रिएपछि अस्पतालमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । नोबेलमा प्रदर्शन पछि पीडित परिवारले प्रदेश नम्बर १ का मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाउँदै दोषीमाथि कार्वाहीको माग गरेका छन् । उनीहरुले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कडा भन्दा कडा कार्वाही र पीडित पक्षलाई राहत उपलब्ध गराउन माग गरेका छन् । झापाको विर्तामोड १० की ३० बर्षिय सविता राईको विहिवार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । राईको टाउको दुख्ने र ज्वरो आउने समस्याको कारण बिहिवार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी उनलाई चिकित्सकले २ वटा सुई लगाएपछि छट्पटाउन थालेकी थिईन । त्यसपछि डाक्टर बोलाउँदा पनि विरामी हेर्न नआएको र नर्सले एउटा ट्याब्लेट दिएकोमा तत्काल उनको मृत्यु भएको मृतकका आफन्त गायत्री राईले बताईन् । मेडिकल कजेलमा अध्यनरत एमबिबिएसका बिद्यार्थीको भरमा बिरामीको उपचार भएकोले अकालमा ज्यान गएको उनको आरोप छ।
मृतकका पति बसन्त राई बैदेशिक रोजगारीमा ४ महिना देखि कतारमा रहँदै आएका छन भने उनको ४ बर्षिय छोरी छिन् । अस्पताल प्रशासनले शुक्रवार बिहान ९ बजे घटना बारे छलफलका लागि बस्ने बताएको भएपनि आधिकारीक ब्यक्ति नभएको भन्दै छलफलमा पनि नगएको पीडित पक्षले जनाएको छ ।
तर आईतवार दिनभर प्रदर्शन गरेका पीडित पक्ष र अस्पताल बिच रातीसम्म जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल भएको छ । स्थानीय प्रशासनले अस्पतालका प्रशासकलाई ल्याएर पीडित पक्षसँग दिउँसो देखि छलफल शुरु गराएको थियो ।
मोरङको सुनवर्सी ८ का ३५ बर्षिय चैता मण्डलको शुक्रवार बिहान ५ बजे र राईको बिहिवार दिउँसो ३ बजे उपचारको क्रममा मृत्यु भएको थियो । राईका परिवार न्यायका लागि आन्दोलनमा छन भने मण्डल परिवार शव बुझेर दाहसंस्कार गरी किरियामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्