संघीय समाजवादी फोरम सरकारमा जाने, सरकारमा जाने बिषयमा २ बुँदे सहमती

<span class='c1'>संघीय समाजवादी फोरम सरकारमा जाने, सरकारमा</span> <span class='c2'>जाने बिषयमा २ बुँदे सहमती</span>

विराटनगर, १३ जेठ । संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने बिषयमा २ बुँदे सहमती भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल पछि फोरम नेपाल सरकारमा जाने बिषयमा सहमती बनेको हो । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष के.पी शर्मा ओली ,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बीच दुई बुंदे सहमती भएको छ ।

जस अनुसार फोरम सरकारमा सहभागी हुने भएको छ । सहमतीमा संघीय समाजवादी फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान शंशोधनसँग सम्बन्धित बिषयहरु देश र जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सहमती गरिने सम्झौतामा उल्लेख गरिएको छ । सरकारद्धारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिने र उपरोक्त कार्यको लागि आन्तरिक गृहकार्यगरी सहमतिमा समाधान गरिने भनिएको छ । त्यसको आधारमा संघीय समाजवादी फोरम सरकारमा जान तयार देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्