प्रदेश सरकारको एक सय दिने कार्यक्रम ढिला गरी शुरु, विराटनगरका घर घरमा पुगेर स्टीकर टाँसे

प्रदेश सरकारको एक सय दिने कार्यक्रम ढिला गरी शुरु, विराटनगरका घर घरमा पुगेर स्टीकर टाँसे

विराटनगर, १४ जेठ ।
एक नम्बर प्रदेश सरकारले १०० दिने कार्यक्रम एक सय दिन कटेपछि शुरु गरेको छ । एक नम्वर प्रदेश सरकारले घोषणा गरेको जनतासँग प्रहरी कार्यक्रम अन्तगर्त एक सय दिनको कार्यक्रम सार्बजनिक गरेको एक सय दिन कटेपछि बल्ल घोषणा गरेको सय दिने कार्यक्रम कार्यन्वयनमा गएको हो ।
१४ वटै जिल्लामा स्टिकर टाँस्ने अभियान अन्तरगत प्रदेश सरकारले आज देखि कार्यक्रमको थालनी गरेको जानकारी दिईएको छ । १४ वटै जिल्लामा एकसाथ स्टिकर टाँस्ने अभियान सुरु गरिएको जानकारी दिईएको हो । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले १४ वटै जिल्लाका दश लाखभन्दा धेरै घरलाई समेट्ने गरी कार्यक्रम शुरु भएको जानकारी दिए । सुरक्षाकर्मीसँग जनताको सहज पहुँच अभिवृद्धि गर्ने उदेश्यले प्रदेश सरकारले यो अभियान संचालनमा ल्याएको उनको भनाई छ । अपराध नियन्त्रण गर्न जुनुसुकै कदम चाल्न पनि पछि नहट्ने र त्यसको प्रत्याभूति जनतालाई हुने गरी काम गर्ने राईले दाबी गरेका छन् ।
एक नम्वर प्रदेशका १० लाखभन्दा वढि घरहरुमा स्टीकर टाँस्ने प्रदेश सरकारले योजना रहेको छ। आगामी एक महिनाभित्र एक नम्वर प्रदेशका सवैघर, कार्यालय तथा उद्योग, प्रतिष्ठानहरुमा स्टिकर टास गरि सक्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले वताए ।
विराटनगरमा रहेको आदर्श उच्च माविवाट वाजा गाजा सहित निस्केको ¥यालीमा सहभागी मुुख्यमन्त्री राई, प्रदेश सरकारका मन्त्री हिक्मत कार्की, जिवन घिमिरे, विराटनगर महागनरपालिकाका प्रमुख भीम पराजुुली , उपप्रमुुख इन्दिरा कार्की, मोरङका प्रमुुख जिल्ला अधिकारी रामप्रसाद अर्चाय , एक नम्वर प्रदेशका प्रहरी प्रमुुख केदार रिजाल, मन्त्रालयका सचिवहरुले घरघरमा पुुगेर स्टिकर टाँसेर अभियानको शुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्