विराटनगरमा बजेटको प्रतिक्रिया: युवा देखि कृषि र उद्यमलाई समेटेकोमा खुसी

विराटनगरमा बजेटको प्रतिक्रिया: युवा देखि कृषि र उद्यमलाई समेटेकोमा खुसी

विगराटनगर, १५ जेठ ।
सरकारले ल्याएको बजेटलाई सर्बसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन् ।संबिधान कार्यान्वयन पछि देश संघीयतामा गएपछिको आएको पहिलो बजेटपछि उनीहरुमा एउटा आशा देखिएको छ। काठमाडौँको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषण गरी रहँदा एकनम्बर प्रदेशका ब्यापारी उद्योगीलाई मात्र हैन सर्बसाधारणले पनि यो बजेटलाई चासोका साथ हेरेका थिए । विराटनगर १२ की देबी घताने विकास निर्माणसँग सम्बन्धित बिषय आफ्नो चासोको बिषय भएको बताउँछिन् । उनले भनिन्, ‘बजेट राम्रै भएपनि त्यो कार्यान्वयन हुने कुरा अन्यौल हुने हो की भन्ने चिन्ता लागेको छ ।’
देबीका कुरा मात्र हैन बजेटको बिषयमा सरकारले के न ल्याउला भनेर पर्खिएर बसेकाहरुलाई केही आशा भने दिलाएको छ । बिराटनगरका युवा पुण्यप्रसाद अधिकारीले बजेट तत्कालको लागि भन्दा पनि दिर्घकालसम्मलाई सोचेर ल्याईएको बताए । उनले भने, बजेट सर्बसाधारणको लागि मात्र भन्दा पनि युवाको लागि पनि महत्व बोकेको छ । युवालाई शैक्षिण प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाउने ब्यवस्था गर्नु सकारात्मक हो ।
पहिलो संघीय सरकारबाट आएको पहिलो बजेटले केहीलाई आशा दिलाएको छ भने केही लाई निराश पनि तुल्याएको छ । बिराटनगरका ब्यवसायी राजेन्द्र राउत ब्यापारीहरुको लागि केही निराशा जस्तो भएपनि आशा लाग्दा कुराहरु पनि धेरै रहेको बताए । उनले सोचेको अनुसार नभएपनि बजेट ठिकै रहेको तर पुर्बाधार बिकासमा भने जोड दिईनु सकारात्मक भएको प्रतिक्रिया दिए ।
सरकारले ल्याएको बजेटले एक नम्बर प्रदेशलाई समेटेकोमा धेरैले खुसी महसुस गरेका छन् । बिद्युतको डिपिआर तयार पार्ने, विराटनगर बिमानस्थलाई क्षेत्रीय विमानस्थल बनाउने, पर्यटन, कृषिलाई प्रोत्साहन, पुर्ब पस्चिम रेल, जल यातायातका बिषयलाई प्राथमिकता दिएर बजेटले समेटेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहराले बताए । प्रदेश नम्बर १ बढी कृषिजन्य बस्तु निर्यात गर्ने प्रदेश भएकोले सरकारले दिने अनुदालने किसानलाई मात्र हैन उद्योगीका उत्पादिन बस्तु निर्यात गर्ने बिषयले पनि ब्यापारी हौसिएका छन् । निर्यातमा ५ प्रतिशत अनुदान दिने भनेर ल्याईएका बिषयहरु एक नम्बर प्रदेशको लागि सकारात्मक बिषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्