घर फर्कने क्रममा रुसी पत्रकारको गोली हानी हत्या

<span class='c1'>घर फर्कने क्रममा रुसी</span> <span class='c2'>पत्रकारको गोली हानी हत्या</span>

काठमाडौं, जेठ १६ । युक्रेनको किभमा कार्यरत एक रुसी पत्रकारको गोली हानी हत्या भएको छ ।

रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या भएको हो । उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य अवस्थामा उनलाई फेला पारेकी थिइन् ।

रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घर फर्कने क्रममा उनलाई गोली हानेको सुरक्षाकर्मीको दाबी छ ।

घटनालगत्तै उपचारका लागि लैजाने क्रममा एम्बुलेन्समै उनको निधन भएको हो । रुसको सैनिक बिमान दुर्घटनापछि आफूलाई हत्याको धम्की आउने गरेको खुलासा आरकादीले गरेका थिए ।

युद्धसम्बन्धी समाचारका संवाददाता आरकादी शुरुमा प्रागमा कार्यरत थिए । उनी पछिल्लो समय युक्रेनको एटीआर टीभीका प्रस्तोताका रुपमा कार्यरत थिए ।

उनी रुसका दक्ष पत्रकारको रुपमा परिचित थिए । घटनामा संलग्नहरुको खोजी भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्