भारतमा चट्टयाङमा परेर कम्तिमा ५० जनाको मृत्यु

भारतमा चट्टयाङमा परेर कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं, जेठ १६ । भारतमा ठूलो मेघगर्जन र चट्टयाङमा परेर कम्तिमा ५० जनाको मृत्यु भएको जनाइएको छ ।

उत्तरी भारतको विभिन्न स्थानमा परेको चट्टयाङमा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका हुन् ।

तीब्र गतिमा आएको हावा र चट्टयाङले पुर्‍याएको मानवीय र भौतिक क्षतिका कारण थुप्रैं गाउँ शोकमा डुबेको छ ।

धेरैको मृत्यु सुतिरहेकै समयमा भएको बताइएको छ । घरका पर्खालहरु भत्कँदा थुप्रैं मानिस घाइते बनेका छन् ।

विहारको पूर्वी क्षेत्र सबैभन्दा बढी नराम्ररी ध्वस्त भएको छ । ती क्षेत्रमा कम्तिमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

उत्तर प्रदेशमा १२ जनाको मृत्यु भएको छ । खराब धुँलो र धुँवाले एक सय जनाभन्दा बढीको मृत्यु भएको केही हप्ताकै बीचमा फेरि यो प्राकृतिक चपेटमा स्थानीय परेका हुन् ।

आउने हप्तामा उत्तरी भारतमा ४७ डिग्रीसम्म तापक्रम पुग्ने त्यहाँकौ मौसम विभागले जनाएको छ ।

भारतमा मनसुनका समयमा यस्ता प्राकृतिक प्रकोप भैरहने गरेको छ । २००५ देखि वर्षेनी दुई हजार मानिस चट्टयाङ लागेरै मर्ने गरेको तथ्यांक छ ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्