नोबेल अस्पतालद्धारा चिकित्सकको लापरवाहीले सरीताको मृत्यु भएको स्वीकार

नोबेल अस्पतालद्धारा चिकित्सकको लापरवाहीले सरीताको मृत्यु भएको स्वीकार

विराटनगर १६ जेठ ।
गत विहीबार चिकित्सकको लापारबाहीकाकारण एक महिलाको ज्यान गएपछि विराटनगरको नोवेल शिक्षण अस्पताल ६ दिन देखि तनावग्रस्त बन्यो । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको भन्दै उनीहरु आन्दोलित भएका थिए । एक हप्तापछिको लामो चरणबद्ध आन्दोलन पछि मात्र अस्पताल संचालकले पिडीत पक्षसँग घुँडा टेकेको हो । डाक्टरको चरम लापर्वाहीको कारण मृत्यु भएकी झापा विर्तामोडकी सरिता राईको आफन्त र अस्पताल प्रशासनबीच मंगलबार साँझ मात्र सहमति भएको छ । विरामीको उपचारमा लापर्वाही भएको नोबेल अस्पताल प्रशासनले स्वीकार गर्दै पीडित पक्षसँग सहमति गरेको मृतका देवर किरण राईले बताए ।
यस्तो सहमती
राईका अनुसार अस्पतालले मृतक सरिताको क्रिया खर्च अन्र्तगत डेढलाख रुपैया र ४ वर्षिय छोरी निप्सुङ राईलाई १० कक्षासम्म पढाइदिने भएको छ । कक्षा १० पास गरिसकेपछि ल्याब टेक्निसियन, स्टाफ नर्स लगायतका प्राविधिक शिक्षा निःशुल्क प्रदान गर्नेपनि सहमति भएको छ । अस्पतालले मृतकका श्रीमान् बसन्त राईलाई रोजगारी दिने र अस्पतालको सेवा सुधार गर्ने सहमतिसमेत जनाएको छ । सहमतिमा अस्पतालको तर्फबाट अस्पतालकी डाइरेक्टर इन्दीरा शर्मा बराल, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी सुरेन्द्र सिटौला, मृतकका श्रीमान बसन्त, आफन्त याम राईलगायतको हस्ताक्षर रहेको छन् ।
यस्ता माग
मंगलबार नै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी र ¥याली गर्दै घटनाको छानविन र दोषिलाई कारबाही गर्न माग गरेका थिए । विर्तामोड १० की ३० वर्षीया सविता राई टाउको दुखेर गत जेठ १० गते बिहीबार बिहान अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना भएकोमा चिकित्सकको लापर्वाहीको कारण उनको सोही दिन मृत्यु भएको आफन्तले दावी गर्दै आएका थिए । सहमतिसँगै आफन्तले उनको शव बुधबार जिम्मा लिएका छन् । उनीहरुले अस्पतालबाट उठाएको शव किरात धर्म विधी अनुसार दाहसंस्कार गरेका छन् ।

https://www.youtube.com/watch?v=w6wpbU17q78&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्