आफैलाई गोली हान्न लगाउने हिन्दु धर्मगुरु श्रीनिवासाचार्य जेल चलान

<span class='c1'>आफैलाई गोली हान्न लगाउने हिन्दु</span> <span class='c2'>धर्मगुरु श्रीनिवासाचार्य जेल चलान</span>

विराटनगर, १६ जेठ । अर्को ब्यक्ति प्रयोग गरेर आफूलाई गोली हान्न लगाउने हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पुर्पक्षको लागी जेल चलान भएका छन् । मोरङ जिल्ला प्रशासन कार्यालयमा भएको बयान पछि उनलाई पुर्पक्षको लागि जेल चलान गरिएको हो । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेश अनुसार श्री निवासाचार्यलाई सुनसरीको झुम्का कारागारमा थुनामा राख्न पठाईएको छ ।
उनलाई हात हतियार खर खजना २०१९ को दफा २४ को (क) बमोजिम जेल हाल्न प्रमुख जिल्ला अधिकारी आचार्यले आदेश दिएका हुन् । उनी सहित उनका दुई सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी समेत जेल चलन भएका छन् ।
उनले गत चैत २५ गते राति बिराटनगरको जतुवामा रहेको रामजानकी मन्दीरमा पुराण भन्न गएको बेला आफैलाई गोलीहान्न लगाएका थिए । हिन्दु धर्म बचाउन भन्दै आफैले आफैलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्