विराटनगरको होटलमा भित्र एक नम्बर प्रदेश सरकारको कार्यक्रम, बाहिर ड्राईभर भोकै

<span class='c1'>विराटनगरको होटलमा भित्र एक नम्बर प्रदेश</span> <span class='c2'>सरकारको कार्यक्रम, बाहिर ड्राईभर भोकै</span>

विराटनगर, १६ जेठ ।
एक नम्बर प्रदेश सरकारले आयोजना गरेको जनप्रतिनिधि सँगको प्रदेश स्तरीय कार्यशालामा आएका मेयर, सांसद तथा मन्त्री कार्यक्रममा सहभागी थिए । बिराटनगरको ठुलो होटेल जुन विराटनगरमा भर्खरै खुलेको चारतारे स्तरको बिग होटल हो । कार्यक्रमको लागि बिहान ८ बजे नै एक नम्बर प्रदेशका मेयर, प्रदेश सभा सदस्य तथा एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुको उपस्थिती रहेको थियो । सबै बिहान ८ बजे नै आई सकेका थिए भने केही अलिक ढिला गरी कार्यक्रममा उपस्थित भएका थिए । बिहान टाढा टाढाबाट आउनेलाई १० बजेसम्म खाजाको ब्यवस्था गरिएको थियो भने १० बजे पछि होटलले खाजाको ब्यवस्था बन्द गरेको थियो ।
८ बजेदेखि नै कार्यक्रम तालिका तयार भएकोले सबैजना समयमा नै उपस्थित भएका थिए । ३ सय जनाको स्टीमेट तयार गरिएको कार्यक्रममा सहभागीको संख्या १ सय ५० थपिएर ४ सय ५० पुगेपछि होटल संचालक पनि आँतिए ।
ड्राईभरका यस्ता गुनासा ।
वेलवारी नगरपालिकाका ड्राईभर राजकुमार राईले चालकलाई हेपेर बाहिर निकालिएको आरोप लगाउँदै आयोजकले जनप्रतिनिधिलाई बोलाएपछि चालक पनि आउँछन् भन्ने भुलेको आरोप लगाए । देवानगन्ज गाउँपालिकका अध्यक्षलाई लिएर आएका मनोज सापकोटाले बिहान आउँदा खाजा समेत खान नपाएको दुखेसो पोखे । उनले बिहान पनि खाजा दिएनन दिउँसोको खानाको लाईमा बस्न जाँदा हामीलाई भित्र बस्नै नदिनु भनेको छ भनेर होटलका गार्डले धकेलेर बाहिर निकालेको आरोप लगाए ।
यसरी मोरङ र सुनसरीबाट आएकाले मात्र समस्या पाएका हैनन तेह्रथुमबाट आएका चालक सम्शेर मगर पनि भोकै बस्नु परेको सुनाउँदै थिए । उनी जिल्ला समन्वय समिति तेह्रथुमका चालक हुन । होटलमा आयोजकले ३ सय जनाको मात्र स्टीमेट दिएकोले त्यो भन्दा बढीको रकम भुक्तानी नदिने भनेपछि समसया देखिएको थियो । बिहानको खाजा ४ सय ५० जनालाई नै खुवाईएको थियो । तर खाना खुवाउने बिषयमा चालकको बेवास्ता गरियो ।
दिउँसो १२ बजेको खाना कार्यक्रम पछि होटलको हल भित्र कार्यक्रम भईरहेको थियो । बाहिर चालकहरु आन्दोलन गरिरहेका थिए । बिराटनगरको बिग होटलको बाहिर र होटलको पार्किङमा २ सय भन्दा बढी गाडीहरु थिए । त्यो गाडी लिएर आएका ड्राईभरहरुलाई कसैलाई पनि खाजा तथा खाना नदिईएको उनीहरुको आरोप छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा प्रदेश स्तरिय बृहद कार्यशाला आयोजना गरिएको थियो । बाहिर देखिन एक नम्बर प्रदेश सरकार तथा मन्त्री परिषदको कार्यालय देखिएको भएपनि कार्यक्रमको भित्रको ग्राईन डिजाईन स्वीस एम्बेसीको थियो । स्वीस एम्वेसीको लगानीमा भएको कार्यक्रममा निश्चित कोटा मात्र छ्ुट्याईएको थियो । त्यो कोटा बढाउन सक्ने अबस्थामा प्रदेश सरकार पनि थिएन । उनीहरुकै निर्देशनमा ड्राईभरहरुलाई बाहिर निकालिएको श्रोतले बताएको छ ।
अराजक ड्राईभर
प्रदेश सरकारले अयोजना गरेको कार्यक्रममा धेरै क्षेत्रका ब्यक्तिहरुको उपस्थिती थियो । त्यसमा पत्रकारहरुको पनि उपस्थिती थियो । उनीहरुले आफ्नो माग बाहिर राख्दै गर्दा उनीहरुको बिषयमा सोधि खोजी भयो । उनीहरुले आफ्ना जायज माग राखेका थिए । हुन पनि यसरी काममा आएका ड्राईभरहरुलाई जन प्रतिनिधिहरुले बेवास्ता गर्न मिल्दैन थियो । तर आयोजकले त बेवास्ता गर्यो नै आफैलाई बोकेर ल्याएको ड्राईभरलाई भोकै राखेको कसैलाई पनि चित बुझेको थिएन । तर उनीहरुको बारेमा सोधीखोजी गरेर भित्र पसेर बाहिर निस्कँदै गरेका पत्रकार माथि गरेको ब्यावहार कसैलाई पनि मन परेन । उनीहरु मध्यका केही चुल्ठेमुन्द्रे ड्राईभरले आफुहरुको समाचार नलेखे भोलीपर्सी देखाई दिने सम्मको धम्की दिन भ्याए । जनप्रतिनिधीहरु भने सायद मिडिया भित्रको कुरा चालकहरुले नबुझेर यस्तो भनेको भन्दै चालकको आलोचना पनि गर्दै थिए ।
उनीहरुले आफ्नो समाचार छाप्ने बारेमा दवाव दिँदै आएका थिए । उनीहरु समाचार आए पहिला गरेको आन्दोलनको बिषयमा आफु बच्ने अबस्थामा देखिन्थे । तपाईहरुको समाचार आउँछ भनेर बुझाउँदै गर्दा समेत उनीहरु अबुज जस्ता देखिन्थे । केही त आक्रमणको प्रयासमा समेत थिए ।
समस्या आफै उब्जाईयो
बिहानको खाजा सबैले खाएको तर केही ड्राईभरले गर्दा समस्या उब्जाएको होटल संचालकको भनाई छ । आएका सबैलाई खाजा खुवाएको होटलका जेनेरल म्यानेजर केशवप्रसाद पौडेलले जानकारी दिए । तर ड्राईभरले खाजै खान नपाएको आरोप गलत भएको उनले बताए । दिउँसो चालकहरु आफै आन्दोलित भएको थाहा भयो पछि मन्त्री ज्युहरुलाई तल ल्याएर छलफल गराएपछि समस्या समाधान भएको उनको भनाई छ । यो समस्या होटलले सिर्जना गरेको नभई आयोजकको तर्फबाट भएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्