विराटनगर, १६ जेठ ।
कोशी अञ्चल अस्पतालको सुधारका बिषयमा बिभिन्न समयमा छलफल भई रहेको हुन्छ । तर प्रतिबद्धता एकातिर छ भने कार्यान्वयनको काम भने अर्कै तिर देखिन्छ । अस्पतालको सुधारका प्रयासहरु नभएका हैनन् तर भनेको जस्तो गतिमा भईरहेको छैन । बिगत केही दिनदेखि केही युवाहरु एक नम्बर प्रदेशकै सबैभन्दा बढी बिरामीको चाप हुने कोशी अञ्चल अस्पतालको सरसफाईमा जुटेका छन् । परिवर्तनका लागि हातेमालोको सक्रियतामा कोशी अञ्चल अस्पताललाई सफा बनाउने अभियान शुरु भएको छ ।
परिवर्तनका लागि हातेमालोले साप्ताहिक सरसफाई अभियान अन्तर्गत कोशी अञ्चल अस्पतामा एक हप्ते अभियान जारी राखेको छ । अभियान अन्तरगत चौथों दिन पनि फोहोर स्थलको युवा समुहले सरसफाई गरेको छन् ।
वाहिर देखावटीमा कोशी अञ्चल अस्पताल राम्रो भयो भन्दै हल्ला चलाए पनि भित्र भने दुर्गन्धित पाईएपछि सरसफाईमा लागिएको अभियन्ता बिनोद परियारले जानकारी दिए ।
चौथो दिनसम्म आउँदा कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रोशन पोखरेल, प्रशासन प्रमुख नवराज लुईटेल लगायतले सहयोगको प्रतिबद्धता जनाए । स्वयम अस्पतालको सरसफाई प्रशासन प्रमुखको हैसियतले कर्मचारी परिचालित गर्नु पर्नेमा बाहिरका युवा अभियन्ताहरु आएर सरसफाई गरिरहँदा समेत सरसफाई कर्मचारी देखिएनन् । दिन रात नभनी यो एक हप्ते अभियानमा लागेका हातेमालो अभियानका युवाहरुले एक हप्तासम्म कसरी अस्पताललाई राम्रो बनाउने भन्नेमा केन्द्रीत भएको सरसफाई अभियानकी अर्की अभियान्ता सञ्जु सापकोटाले बताईन् । उनल् भनिन्,‘अभियान अन्तरगत साप्ताहिक कार्यक्रममा फुलवारी सफा र सुन्दर बनाउने योजना रहेको छ ।’