मोरङमा जग्गा दलालको नयाँ कर्तुत, आमतोलाको जग्गा देखाएर सिजुवा बगरको जग्गा बिक्री

मोरङमा जग्गा दलालको नयाँ कर्तुत, आमतोलाको जग्गा देखाएर सिजुवा बगरको जग्गा बिक्री

विराटनगर, १७ जेठ ।
जग्गा दलालले एउटै जग्गा फरक फरक ब्यक्तिलाई पटक पटक किर्ते गरी बिक्री गरेको खुलेको छ । मोरङको साबिक सिजुवा २ मा रहेको कित्ता नम्बर ३६ र ५४ को १ बिगाहा १६ कठ्ठा जमिनलाई १८ किलोमिटर पस्चिम मोरङकै आमतोलाको अर्कै जमिन देखाई ४ पटकसम्म खरिदबिक्री गरेर ठगि गरेको खुलेको हो ।
पछिल्लो पटक सिजुवा २ का जयप्रकाश साहले उक्त जमिन आमतोलाको हो भन्दै बिराटनगर महानगरपालिका ईक्राहीका नारायण गडरियालाई १७ लाखमा बेचेका थिए । तर उक्त जमिन आमतोलाको नभई सिजुवाको भएको र त्यसको मालिक गडरिया मात्र नभई यस अघि ५ जना भईसकेको पुष्टी भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजिवबाबु खड्काले बताए । जग्गाका पछिल्ला मालिक जयप्रकाश साह सहित लेखनदाशहरु हकिम मियाँ र आलम उद्दिनलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त जमिन रतुवामाई नगरपालिकामा पर्ने रतुवाखोलाको बगर भएको पाईएको छ । किर्ते जमिन देखाईएको आमतोला रंगेली नगरपालिकामा पर्छ । जमिन आमतोलाको हो भन्ने विस्वासमा गडरियाले २०७४ जेठ २ गते जयप्रकाशलाई १७ लाख तिरेर मालपोत कार्यालय रंगेलीबाट आफ्नो नाममा पास गराएका थिए । प्रहरीका अनुसार जमिन पास गरेपछि गडरिया आमतोलामा जमिन खोज्दै गए ।
आफुले खोजे बमोजिमको कित्ता नम्बर ३६ र ५४ मा उल्लेख भए अनुसारको १ बिगाहा १६ कठ्ठा जमिन भेटेनन् । उक्त कित्ता नम्बर र जमिन सिजुवा २ मा फेला परेको थियो । प्रहरी निरिक्षक खड्काका अनुसार कित्ता नम्बर ३६ र ५४ मा उल्लेख भए अनुसार १ बिगाहा १६ कठ्ठा जमिन सिजुवामा फेला परेसँगै त्यो जमिनका मालिक अरु नै देखिए । जमिन सिजुवामा फेला परेसँगै २०३६ साल देखि उक्त जमिन सिजुवाका बिष्णुप्रसाद ढकाल र सरस्वती पोखरेलले उपभोग गर्दै आएको प्रहरीले जनाएको छ । त्यसपछि त्यो जमिन पञ्चलालले आफ्नो नाममा ल्याएर महेन्द्र सिंह र सन्तोषी राजबंशीलाई बिक्री गरेका थिए । कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्