एक नम्बर प्रदेश सभाको बर्षे अधिबेशन आजदेखि

एक नम्बर प्रदेश सभाको बर्षे अधिबेशन आजदेखि

विराटनगर, १७ जेठ ।
प्रदेश सभाको दोश्रो अधिवेशन आज बस्दैछ । नेपालको संबिधान धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले दिउँसो ३ बजेका लागि प्रदेश सभाको बर्षे अधिबेशन आब्हान गरेका हुन् । आजको बैठकमा सभामुख प्रदिप कुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्र सदनलाई पढेर सुनउनेछन् । यो अधिबेशनको मुख्य काम भनेको आगामी आर्थिक बर्ष २०७५-०७६ को निति तथा कार्यक्रम ल्याउने हो ।
सरकारले असार १ गते बजेट ल्याउने तयारी गरिरहेको छ । बैठकमा बजेट माथि छलफल हुनेछ । बजेट बाहेक प्रदेश सरकारलाई आबस्यक पर्ने बिधेयकहरु पनि ल्याउने तयारी गरिएको छ । यही अधिबेशनमा प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संभावना पनि रहेको छ । प्रदेश सभाको पछिल्लो अधिबेशनले प्रदेश सभा नियमावली सहित १२ वटा बिधेयक पारित गरेको थियो। पहिलो अधिबेशन ९३ दिनसम्म चलेको थियो । माघ २२ गते शुरु भएको पछिल्लो अधिबेशनमा ३९ वटा बैठक बसेर बैशाख २६ गते स्थगन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्