साढे ३३ किलो सुन काण्डका आरोपी एसएसपी श्याम खत्री जेल चलान, निक्सँदै गर्दा भने ‘नो कमेन्ट’

<span class='c1'>साढे ३३ किलो सुन काण्डका आरोपी एसएसपी श्याम</span> <span class='c2'>खत्री जेल चलान, निक्सँदै गर्दा भने ‘नो कमेन्ट’</span>

विराटनगर, १७ जेठ ।
साढे ३३ किलो सुन सँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधिश नारायण प्रसाद शर्माको ईजलाशले उनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो । आपाधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकारीको अबैध कारोवार, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान मुद्दामा उनलाई थप अनुसन्धान गर्नु पर्ने भएको भन्दै न्यायधिश शर्माको ईजलाशले यस्तो आदेश दिएको हो । अदालतले प्रतिवादी श्यामबहादुर खत्री कसुरदार रहेको भन्ने कुरा विश्वास गर्ने आधार मनाशिव देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल उनलाई संगठित अपराध ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.बं.११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि मोरङ कारागार पठाएको हो । उनलाई खान पाउने गरी मोरङ जिल्ला कारागारमा थुनामा राख्न आदेश दिएको हो ।
यसैबिच अदालतको आदेश पछि निस्कँदै गरेका खत्रीलाई तपाईले गर्दा प्रहरी संगठनको बदनामी भएको हो भन्दै छन् नी के भन्नुहुन्छ ? भनी पत्रकारले सोधेको प्रश्नमा उनले कुनै प्रतिक्रिया नभएको बताएका छन् । उनले भने, ‘नो कमेन्ट’ ।

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन र त्यसअघि भएका सुन तस्करीमा खत्रीको संलग्नता देखिएको भन्दै गृह मन्त्रालयका सह–सचिव नेतृत्वको समितिले उनलाई खोजी सूचिमा राखेको थियो । तर खत्री भने गत चैत तेस्रो हप्तादेखि फरार थिए  । आफू कार्यरत प्रहरी प्रधान कार्यालयबाट १० दिनको विदा स्वीकृत गराएर भारत गएका खत्री बिहीवार काठमाडौं हुँदै जिल्ला अदालत मोरङ पुगेका थिए ।

खत्रीले बिहीवार मोरङ अदालतमा दिएको बयानमा सुन नै बरामद नभएको अवस्थामा कसैलाई तस्कर भन्न नमिल्ने बताए । उनले त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीमा तत्कालीन प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोविन्द निरौलाको संलग्नता रहेको पनि बयानमा उल्लेख गरेका छन् । सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती (गोरे) र तत्कालीन डिआईजी निरौलाबीच विशेष सम्बन्ध भएका कारण आफूले विमानस्थलमा कार्यरत रहँदा सुन तस्करी रोक्न नसकेको खत्रीले बयानमा उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्