जिल्ला प्रशासन कार्यालय मोरङमा पुग्दा, १० बजे नै खुल्छ तर कर्मचारी आउदैनन्….

<span class='c1'>जिल्ला प्रशासन कार्यालय मोरङमा पुग्दा, १०</span> <span class='c2'>बजे नै खुल्छ तर कर्मचारी आउदैनन्….</span>

विराटनगर । सरकारी काम कहिले जाला घाम भने झै विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यलय मोरङमा समयमै कर्मचारी नआईदिदाँ सेवाग्राहीहरु समस्यामा पर्दै आएका छन् । एक दिन हैन दुई दिन हैन प्राय हरेक दिन कर्मचारीहरु समयमा उपस्थित नभईदिदाँ टाढा टाढाबाट आएका सेवाग्राहीहरु लामो समयसम्म कामको पर्खाइमा बस्नु पर्ने बाध्यता रहेको छ ।
विहीबार मात्र आवर विराटनगरकर्मी विहान १० बजे नै जिल्ला प्रशासन कार्यलय मोरङमा पुगेको थियो । त्यहाँ एक जना कर्मचारी फायल लिएर बसिरहेका थिए । लाग्थ्यो ती कर्मचारी आफु भन्दा माथिल्लो तहको कर्मचारीको पर्खाईा थिए । हामीले त्यही कार्यलयमा एक जना सेवाग्राहीलाई भेट्यौ आफ्नी ९० बर्षकी फुफुको नागरीकता बनाउन आएका रहेछन् । मोरङको अमरदहदेखि आएका ती सेवाग्राहीले आफ्नो पिडा हामीलाई सुनईन् । बिहानै आउँदा पनि काम नभएको उनीहरुको गुनासो छ ।
हामीले ती कर्मचारीलाई सोध्यौ ‘किन ढिलो ?’ ती कर्मचारी आफै अक्क न बक्क हुदै फायलले आफ्नो मुख छोप्न खोज्दै थिए । हामीले ती कर्मचारीलाई यती मात्र सोधेका थियौ की यो फाँटको कर्मचारी कहाँ हुनुहुन्छ ? भनेर.. आखिर के भन्छन् ती कर्मचारी हेर्नुहास यो भिडीयोमा....

https://www.youtube.com/watch?v=tIeZHjN2Uf8&feature=youtu.be

जब समयको घडीले विहानको ११ बज्नै लागेको थियो । एक जना कर्मचारी हस्याङ र फस्याङ गर्दै नागरिकता फाँटमा छिरे । फाटमा प्रवेश गरे हामीले त्यही बेला ती कर्मचारीलाई सर किन ढिलो भन्दा उनले सहजै जवाफ दिए, उता हाजीर गर्न गएको थिएँ । हाजिर गर्न एक घन्टा लाग्छ र..?
निजामती कर्मचारीमा अझै सेवाग्राही प्रतिको जिम्मेवारीपन देखिँदैन । उनीहरुले आफ्नो ब्यक्तिगत कामलाई प्राथमिकता दिँदा सेवाग्राही भने समस्यामा पर्ने गरेका छन् । कर्मचारीको लापरवाहीले गर्दा नै सेवाग्राहीे यसरी दुःख पाईरहेका छन् भने एक दिनमा हुने काम दिनभरी लगाईदिने गरेका छन् ।
आखिर दुःख पाउने आम सर्बसाधारण नै रहेका छन् । आखिर किन सुध्रिँदैन सरकारी कर्मचारीको यस्तोे मनस्थिती ? अर्को कार्यालयको अर्को अंकमा । प्रतिक्षा गर्नुहोला....?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्