विराटनगर महानगरपालिकाको कर असुलीमा अनियमितता, निर्णय एउटा कार्यान्वयन अर्कै

<span class='c1'>विराटनगर महानगरपालिकाको कर असुलीमा अनियमितता,</span> <span class='c2'>निर्णय एउटा कार्यान्वयन अर्कै</span>

विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाको रानी करचौकी सवारी कर संकलन केन्द्रबाट भारतीय सवारी साधनलाई अस्थायी नम्बर प्लेट दिँदा नियम बिपरित कर संकलन गरेको गुनासो आएको छ । महानगरपालिकाको प्रथम नगरसभाबाट पारित आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक बजेट निती तथा कार्यक्रममा तोकिएको भन्दा बढी कर चौकीले लिने गरेको पाईएको हो ।
नगरपालिकाले ६ चक्के बस, ट्रक, लहरी गाडीलाई १२५, दश चक्के बस, ट्रक, लहरी अन्य हेभी गाडीलाई १५०, मिनिबस सानो ट्रकलाई १२५, अन्य साना गाडीलाई ७५, आयल टंकी लहरी ६ चक्केलाई १२५ रुपैयाँ लिने तोकेको छ । यस्तै आयलटंकी ८ चक्केलाई १५०, र १० भन्दा बढी चक्का भएको कन्टेनर टेलर आदीलाई २०० रुपैयाँ लिने नियम बनाईएको छ । तर प्राप्त बिलमा भारतीय ट्रकलाई ४०० रुपैयाँसम्म लिने गरेको पाईएको छ । करचौकीले बिलमा ट्रकको नम्बर समेत नखुलाई रकम लिने गरेको छ । यसरी असुलेको रकम राजश्वमा जम्मा हुनेमा शंका देखिएको छ ।
महानगरपालिकाका राजश्व शाखाका प्रमुख अर्जुन थपलियाले नियम विपरित कर असुलेर राजश्व छलेको पाईए कार्वाही गरिने बताए । करचौकले ट्रक कति चक्के हो बिलमा स्पष्ट खुल्नु पर्नेमा जथाभाबी काटेको छ। श्रोतका अनुसार उक्त करचौकीका कर्मचारी र ट्राफिकका कर्मचारी मिलेर ग्राहकलाई दिने बिलमा ४०० लेखिएका भएपनि महानगरपालिकालाई बुझाउने बिलमा नियमानुसारको रकम राख्ने गरेको पाईएको छ । यसरी हेर्दा उनीहरुले काट्ने बिल र महानगरमा बुझाउने बिलमा फरक हुनुले दुईवटा बिलको प्रयोग हुन सक्ने श्रोतको दाबी छ ।
उक्त कर चौकीबाट महानगरपालिकाले गत आर्थिक बर्षमा ५४ लाख ४६ हजार राजश्व संकलन गरेकोमा चालु आर्थिक बर्षको ९ महिनासम्म ३४ लाख ३२ हजार ५ सय ५० रुपैयाँ राजश्व संकलन गरेको छ । जनबिद्रोहमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्