सुन तस्करलाई बचाउन खोज्ने प्रदेश सांसद अधिकारीसँग नेकपा संसदीय दलको स्पष्टिकरण

<span class='c1'>सुन तस्करलाई बचाउन खोज्ने प्रदेश सांसद</span> <span class='c2'>अधिकारीसँग नेकपा संसदीय दलको स्पष्टिकरण</span>

विराटनगर, १८ जेठ ।
साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्तको पक्षमा बहस गर्ने प्रदेश १ का प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीसँग नेकपा संसदीय दलले स्पष्टिकरण मागेको छ । बिहिवार बसेको बैठकले अधिकारीलाई लिखित स्पष्टिकरण सोधेका हो । अन्नपुर्णपोष्टले लेख्छ, मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले अधिकारीलाई स्पष्टिकरण दिन निर्देशन दिएका हुन ।
अधिकारीले सुन तस्करीमा जोडिएका निलम्बित प्रहरी नायव निरिक्षक बालकृष्ण सञ्जेलको पक्षमा बहस गरेका थिए । गम्भीर प्रकृतिको अपराधमा अभियुक्तको पक्षमा बहस गरेपछि अधिकारीले गलत गरेको भन्दै सत्तापक्ष सांसद र मन्त्रीले असन्तुष्टी जनाएका थिए । बैठकमा अधिकारीले बहस गरेको बिषय चर्को रुपमा उठाएको जनाईएको छ । पार्टीका सांसदहरुले प्रश्न उठाएपछि स्पष्टिकरण सोध्ने निर्णय भएको उप नेता टंक आङ्बोहाङले बताए । ‘जनप्रतिनिधिका रुपमा निर्वाचित सांसदले अदालतमा बहस गर्नु उचित देखिएन उनले भने, अधिकारी कानुन ब्यवसायी भएपनि विवादित बिषयमा बहस गर्दा सरकारकै आलोचना भएको छ ।’
नेकपाका संसद लक्ष्मण तिवारीले अभियुक्तको पक्षमा बहस गर्नु विवादित काम भएकाले टिकाटिप्प्णी भएको बताए । पार्टी एकिकरण पछि बसेको दलको पहिलो बैठकले नेतामा राई र उपनेतामा आङ्बोहाङलाई चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्