रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवाको नेपालीकै कुटपिटबाट मृत्यु

<span class='c1'>रोजगारीका लागि मलेसिया पुगेका एक</span> <span class='c2'>नेपाली युवाको नेपालीकै कुटपिटबाट मृत्यु</span>

फलेवास, पर्वत (रासस) । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो ।

करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए।
पूर्वी नेपालबाट रोजगारीका लागि पुगेका चारजना साथीले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो ।

मृतक क्षेत्रीको बिहीबार स्थानीय अस्पतालमा शव परीक्षण भएको छ भने शव ल्याउन अझै एक हप्ता लाग्ने भएको छ । २० महिना अघि रोजगारीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनका पिता भीमबहादुर क्षेत्री पनि वैदेशिक रोजगारीमा छन् ।
परिवारको कान्छो सन्तान गुमाउन पुगेपछि परिवार र सिंगो गाउँ नै शोकमा डुबेको छ । आमा देवी क्षेत्री अर्धचेत अवस्थामा छिन् भने गाउँलेमा समेत रुवाबासी चलेको छ । क्षेत्रीलाई कुटपिट गरी हत्या गर्ने साथी चारैजना प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्