बिराटनगरमा पनि अब डिजिटल बिज्ञापन सुरु

बिराटनगरमा पनि अब डिजिटल बिज्ञापन सुरु

बिराटनगर जेठ १८ ,

बिराटनगरको महेन्द्र चोकमा तपाइँले केहि दिन देखि एउटा डिजिटल एलइडी बोर्ड देख्नु भएको होला , उक्त बोर्ड कसैले आइपिएल देखाउन लगाएको भनिरहेका छन् भने कसैले फुटबल विश्वकप देखाउने अनुमान लगाइरहेका छन्  ।  उक्त डिजिटल बोर्ड न विश्वकपको लागि हो न क्रिकेटको लागि , उक्त बोर्ड त डिजिटल बिज्ञापन देखाउन लगाइएको एलइडी बोर्ड हो  ।  भिज्वल बिज्ञापन एजेन्सी बिराटनगरले ल्याएको यो बिराटनगरको लागि नयाँ प्रबिधि भएपनि विश्वमा धेरै देशमा यस्ता प्रबिधि चलिरहेका छन्  । ८ फिट लम्बाई र १२ फिट चौडाइ रहेको उक्त डिजिटल बोर्डमा बिज्ञापन बजाउन महिनाको १२ देखि १५ हजारसम्म लाग्ने संचालक बिनय न्यौपानेले बताए  । करिब १२ लाख रुपैया लागतमा उक्त बोर्ड बिराटनगरमा पहिलो पटक जडान भएको र आगामी दिनमा बिराटनगरका ५ वटा ठाउँमा उक्त डिजिटल बोर्ड लगाइने न्यौपानेले जानकारी दिए  । 

अहिले चलिरहेको होर्डिङ बोर्ड भन्दा आकर्षक देखिने हुनाले उक्त डिजिटल बोर्डले शहरको सुन्दरतामा पनि टेवा पुर्याउने न्यौपानेले दाबी गरे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्