बिराटनगरको मेरिल्याण्ड कलेजका १० जना बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमणमा जाने

बिराटनगरको मेरिल्याण्ड कलेजका १० जना बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमणमा जाने

बिराटनगर , जेठ १८ 

पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन् ।
बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको छात्रवृत्ति दिने गरेको छ । यस बर्ष पनि कलेजका २ जना बिद्यार्थी बेलायतको समर क्याम्प २०१८ को लागि जाने भएका छन् ।

बेलायतसंगै अब कलेजका १० जना बिद्यार्थी थाइल्याण्ड पनि जाने भएका छन् , युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा कलेजका १० जना बिद्यार्थी थाइल्याण्ड जाने भएका हुन् । १ हप्ताको थाइल्याण्ड बसाईका क्रममा बिद्यार्थीहरुले युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्समा बिभिन्न शैक्षिक कार्यक्रममा सहभागी हुने छन् । सेप्टेम्बर ९ देखि १८ सम्म उक्त शैक्षिक भ्रमण हुनेछ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित ५ वटा कलेजहरुबाट कुल १ सय बिद्यार्थी उक्त शैक्षिक भ्रमणमा जाने छन् । यति धेरै बिद्यार्थीलाई विदेश शैक्षिक भ्रमणमा लगिनु नेपालमा पहिलो पटक नै भएको कलेजको दाबी रहेको छ ।

[caption id="attachment_55757" align="alignnone" width="960"] मेरिल्याण्ड कलेज[/caption]

अन्तरास्ट्रिय शिक्षा नेपालमै प्रदान गर्दै आएको मेरिल्याण्ड कलेजमा बिद्यार्थीको आकर्षण पनि बढिरहेको छ । अन्तरास्ट्रिय शिक्षण बिधि , अन्तरास्ट्रिय शैक्षिक अभ्यास र अन्तरास्ट्रिय पाठ्यक्रमको कारण बिद्यार्थीहरुमा उक्त डिग्री प्रति रुची बढेको कलेजका एकेडेमीक प्रमुख दिब्यस चन्दले बताए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं . मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्