रंगेलीका बाढी पीडित रुँदै बिराटनगरमा, जनप्रतिनीधीले कमिशन मागेको आरोप

रंगेलीका बाढी पीडित रुँदै बिराटनगरमा, जनप्रतिनीधीले कमिशन मागेको आरोप

प्रेम देवान,
विराटनगर १८ जेठ ।
गत बर्ष साउन अन्तिममा अविरल बर्षासँगै आएको बाढीका कारण धेरै धनजनको क्षती भयो । धेरैको उठवास भयो, घरवार बिहिन भएकाहरु अहिले पनि सामान्य छाप्रोमा दिन बिताई रहेका छन् । बाढी पिडीतहरुले लामो समयसम्म भोक भोकै खुल्ला आकाशमुनी रात काट्दा त्यो बेला जनप्रतिनिधीहरुको भुमिका साकारात्मक नै देखिएको थियो । तर सरकारले तत्काल वास्तविक बाढी पिडीतलाई क्षतिपुर्ती स्वरुप प्रत्येक परिवार २५ हजार रुपैया दिने घोषणा गरेको थियो । तर उनीहरुले त्यो रकम तत्काल भने पाउन सकेनन् । तत्काल नपाएपनि एक बर्ष पुग्नै लाग्दा जेठको पहिलो सातादेखि घर पुनःनिर्माणको लागि सरकारले पूर्ण क्षति भएको प्रति परिवार २५ हजार रुपैंया दिएको थियोे । थोरै भएपनि राहत पाउने भएपछि खुसी भएका बाढी पीडित जनप्रतिनीधिले नै कमिशन मागेपछि अहिले पत्रकारको सहारामा आएका छन् ।

गत असारमा भएको स्थानीय तहको निर्वाचन पछि जिताएर पठाएका जनप्रतिनीधिले बाढी पीडितलाई सरकारले पठाएको रकमबाट कमिशन मागेको खुलासा भएको हो । मोरङको रंगेली–४ का बडा सदस्य गोविन्द मण्डलले बाढी पिडीतहरुबाट कमिसनको रकम असुली गरेको वाढी पीडितले गुनासो गरेका छन् ।
रंगेलीबाट शुक्रबार विराटनगरसम्म आएर बाढी पिडीतको नाममा आएको रकममा जनप्रतिनीधिले कमिशन मागेको भन्दै पत्रकार सम्मेलन गरेका ह्न । रंगेलीबाट करिब २५ किलोमिटर बस चढेर विराटनगर आएका आधा दर्जन बाढी पीडितले आफूहरुसँग वडा सदस्य मण्डलले रकम उपलब्ध गराए बापतको कमिसन दिनु पर्ने भन्दै पैसा मागेको ८० बर्षिय बुलाई मण्डले बताए । पैसा उपलब्ध गराए वापत आफुसँग ५ हजार लिएको उनले सुनाए । ‘तपाईहरुलाई यति धेरै सहयोग गरेका छौ अब तपाईहरुले पनि त हामीलाई हेर्नुपर्यो भन्दै रकम लिए, उनले भने ।
बुलाई मण्डल त एक उदाहरण पात्र मात्र हुन् उनी जस्ता अरु धेरैको रकम लिएको रहस्य खुलेको छ । उनी जस्तै भुपेन ऋषीदेव, अर्जुज साहबाट पनि उनले रकम लिएको उनीहरुले बताएका छन् । रंगेली ४ कै अर्की बाढी पिडीत सुशिला देवी ऋषिदेवबाट पनि ७ हजार रुपैया लिएको पिडीतले बताएकी छिन् ।
नेपाल सरकारले बाढीका कारण घर बिहीन भएका जनतालाई घर बनाउनका लागि घरपुर्ण क्षती भएकाहरुलाई एकमुष्ट २५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो । रकम भुक्तानीका लागि रंगेली नगरपालिकाले बैकिङ कारोबार मार्फत बृद्ध भत्ता, बाडिपिडित भत्ता सप्तकोशी बैक मार्फत भुक्तानी गर्ने गरेका भएपनि पैसा निकाले पछि वडा सदस्यले घरदैलो गरेर उठाउने गरेको उनीहरुको भनाई छ ।
वडा सदस्य गोविन्द मण्डलले आफुले त्यति धेरै रकम नलिएको बताएका छन् । उनीहरुले नै चिया खान भन्दै दुई तीन सय दिन खोजेका थिए तर त्यो पैसा नलिएको बताए । उनले आफु बच्नको लागि अन्य पार्टीका कार्यकर्तालाई आरोप लगाउँदै अन्य पार्टीका कार्यकर्ताहरुले फसाउन खोजेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्