विराटनगर महानगरका कर्मचारी तिम्सिनाले यसरी आफ्नो बचाउ गरे

<span class='c1'>विराटनगर महानगरका कर्मचारी तिम्सिनाले यसरी</span> <span class='c2'>आफ्नो  बचाउ  गरे</span>

विराटनगर,  १८ जेठ ।
विराटनगर महानगरपालिकाका भन्सार ढाटमा राजश्व उठाउन बसेका प्रशासकिय अधिकृत खेमराज तिम्सिनाले आफुले कर असुलीमा अनियमितता नगरेको दाबी गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलनगरी उनले आज प्रकाशित एउटा अखवारले कर अनिमितता गरेको भन्ने समाचारबाट दुखी भएको बताएका छन् । महानगरपालिकाको रानी करचौकीका प्रमुख रहेर कामगदै आएका तिम्सिनाले आफु रानीको करचौकीमा गएपछी राजश्व असुली वृद्धि गरेको दावी गरे । रानी करचौकीमा पटकपटक गएर कामगर्ने अवसर पाउँदा आफुले त्यहाँवाट हुने राजश्व असुली समेत उल्लेख्य बृद्धी गरेको कर असुलीमा अनियमितता गरेको भन्ने प्रश्नै नभएको बताए ।
पत्रकार सम्मेलनमा आफु जहिलेपनी राष्ट्र र जनताका लागि काम गरेकाले सत्यतथ्य नवुझिकन प्रकाशन हुने समाचारले जागिर जीवनमा ठुलो असर पार्ने भन्दै सच्याएर समाचार प्रकाशित गर्न उनले पत्रकार सम्मेलनमा आग्रह गरे । २०७० सालमा त्याहाको जिम्मेवारी सम्हालेपछी २०देखि२५ लाख उठ्ने राजश्वलाई वृद्धि गरि वार्षिक ५० लाख रुपैया बढी पु¥याएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्