सुनसरीको इटहरीमा प्रहरी र स्थानीयबीच झडप, ७ जना घाइते

<span class='c1'>सुनसरीको इटहरीमा प्रहरी र स्थानीयबीच</span> <span class='c2'>झडप, ७ जना घाइते</span>

सुनसरी, १९ जेठ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मुसहर टोलस्थित सुकुम्वासी बस्तीमा प्रहरी र स्थानीयबीच शनिबार झडप भएको छ । मुसहर टोलमा सुकुम्वासीका लागि लक्षित गरी बनाइएको सामुदायिक भवन प्रहरीले भत्काउन खोजेपछि स्थानीयले प्रतिकार गर्दा झडप भएको छ । जिल्ला अदालत सुनसरीले सार्वजनिक जग्गा खाली गराउन आदेश दिएपछि डोजरको सहायतामा भवन भत्काउन प्रहरी टोली त्यहाँ पुगेको थियो । झडपमा परी ३ स्थानीय र ४ सुरक्षाकर्मी घाइते भएका छ्न् । उनीहरूको इटहरीकै सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले साबित्री चौधरी , निर्मला चौधरी, पुरुषेत्तम तामाङ र रज्जे कृषिदेवलाई पक्राउ गरेको छ । बाटो नै अवरुद्ध हुने गरी भवन निर्माण गरिएको भन्दै इनरुवा- ३ का दामोदर पोखरेलले जिल्ला अदालतमा मुद्दा हालेका थिए । त्यसैको सुनुवाइको क्रममा जेठ १४ गते जिल्ला अदालतले भवन भत्काउन आदेश दिएको थियो । अदालतले १४ गते नै सार्वजनिक जग्गा खाली गराउने फैसला गरेको भएपनि स्थानीयहरूले अदालतको आदेशको पत्रबिना एक्कासि प्रहरी र उपमहानगरको डोजरले भवन भत्काएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्