कोशी अस्पतालको एक हप्ता लामो सरसफाई पछि मात्र देखिए मेयर पराजुली

कोशी अस्पतालको एक हप्ता लामो सरसफाई पछि मात्र देखिए मेयर पराजुली

विराटनगर, २० जेठ ।
परिवर्तनकालागि हातेमालो अभियानले सरसफाई अभियानको १७ औ हप्ता पुरा गरेको छ । अभियान अन्तरगत १७औ हप्तासम्म आउँदा कोशी अञ्चलमा एकहप्ते सरसफाई कार्यक्रम गरिएको छ । एक हप्तासम्म चलेको सरसफाई अभियानमा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको समेत उपस्थिती रह्यो ।
मेयर पराजुलीले कोशी अञ्चल अस्पतालको सरसफाईकालागि यस बर्ष देखि बजेट छुट्याएर अस्पताललाई नमुना अस्पताल बनाउने दाबी गरे । उनले बिराटनगरमा रहेको कोशी अञ्चल अस्पताल एक नम्बर प्रदेशवासीको सम्पती भएकोले यसको संरक्षणको लागि सबैको साथ आबस्यक रहेको औल्याए । उनले महानगरले पनि यस्ता अभियानलाई साथै लिएर जाने बताउँदै त्यसको लागि सबैको साथ भएमा परिवर्तन टाढा नभएको दाबी गरे ।
कोशी अञ्चल अस्पतालको गार्डेन झाडी भईसकेको अबस्थामा त्यसलाई ब्यवस्थित गर्नको लागि गार्डेनमा मेयरले फुल रोपेका थिए । अभियान अन्तरगत फÞुल रोप्ने, पर्खालमा रंग रोगन, पानीको फोहोरा फाल्ने, ईनारलाई सफा राख्ने, बिभीन्न जातका सय बढडी जातका फÞुल रोपिएको र त्यहाँ बालबालिका खेल्ने पार्क बनाउने काममा युवाहरु लागिपरेको हातेमालोका संयोजक विवनोद परियारले बताए ।
युवा संघ नेपाल मोरङका जिल्ला अध्यक्ष्य मुकेश बुढाथोकी लगायत लगायत ब्यक्तिहरुले कोशी अस्पतालको सुधारका लागि अभियानलाई निरन्तरता दिईन् पर्ने भन्दै थप कार्यक्रमहरु युवाहरुले आयोजना गर्ने बताए । समाजले उदारणीय काम गरेको भन्दै आउँदा दिनमा चाहेज ती सहयोग गर्ने जानकारी गराए ।
बिराटनगर जवसम्म सफा हुदैन तबसम्म बिभिन्न गतिबिधिहरु जारी रहने समाजले जनाएको छ । फोहोर मुक्त बनाउने अभियान कोशी अञ्चल अस्पतालमा मात्र पसिमित नभएर त्यो भन्दा बाहिर पनि लैजाने तयारी यी युवाहरुको छ ।
कोशी अञ्चल अस्पतालको सरसफाईको क्रममा अस्पतालका प्रशासन प्रमुख नवराज लुईटेलले अभियानले कोशी सफा हुँदै गएकोमा खुसी ब्यक्त गरे । कार्यक्रम सयौ युवा युवतीको उपस्थीती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्