विराटनगर, जेठ २० । साढे ३३ किलो सुनकाण्डका अर्का मुख्य अभियुक्त डेविट भनिने "छिरिङ वाङ्गेल घले"ले पनि आज जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् ।आज उनले अधिवक्ता सरोज अधिकारीमार्फत अदालतमा निवेदन दिएर उपस्थित भएको बताईएको छ ।
अहिले जिल्ला अदालत मोरङमा घलेको बयान चलिरहेको छ । छिरिङ राप्रपाका प्रजातान्त्रिकका नेता तथा सुन काण्डका अर्का आरोपी भुजुङ गुरुङका साला पनि हुन् ।
यसअघि एसएसपी श्याम खत्रीले पनि जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई भने काठमाडौंमा पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो ।