बिराटनगर जेठ २१ , बिराटनगरमा सडकको दुर्दशाको समाचार दैनिक पत्रिका , टेलिभिजन र अनलाइनहरुमा आउने गरेको छ । बिराटनगर महानगरपालिका भैसकेको अवस्थामा पनि सडक भने कुनै अविकसित ठाउको जस्तो छ । यस बिषयमा बिराटनगर महानगरपालिकाले ध्यान दिएर पनि नभएको वा नसकेको हो कि काम नगरेको हो , जनता अलमलमा छन् ।
[caption id="attachment_55980" align="alignnone" width="1008"] सडकको अवस्था, तस्बिर : सुनिता अर्याल[/caption]
बिराटनगरको ब्यस्त मानिने जलजाला रोड देखि पश्चिम धरान रोड जाने सडकको अवस्था हेर्नुभयो भने , बिराटनगर त महानगरपालिका हैन , कुनै टाढाको ठाउँ जहाँ स्थानीय निकाय पनि छैन जस्तो अनुभूति हुन्छ। बिराटनगरको प्रमुख ब्यापारिक केन्द्रको सडक यस्तो हुदा दैनिक सयौ सर्वसाधारण हिलोमा हिड्न बाध्य छन् , दैनिक दर्जनौ सवारीसाधन त्यहाँ चिप्लिएर लडिरहेको स्थानीय व्यापारी बताउछन ।
उक्त सडकमा व्यापार गर्ने व्यापारीहरुको ठुलो गुनासो पोख्छन , उक्त सडकको अवस्थाले व्यापारमा पनि घाटा लाग्ने अवस्था आइसकेको भन्ने । बिराटनगरको व्यस्त सडक मध्ये यो सडक चाडै सुधार हुनेछ भन्ने हाम्रो पनि अपेक्षा रहेको छ ।