मोरङमा हुुकिङ गरेर वत्ती वाल्ने २ सय बढी कार्वाहीमा

मोरङमा हुुकिङ गरेर वत्ती वाल्ने २ सय बढी कार्वाहीमा

विराटनगर २१ जेठ । विद्युत चुुहावट नियन्त्रण अभियान अन्र्तगत हुुकिङ गरेर विद्युुत चोरीगर्ने मोरङमा दुुईसय भन्दा वढी कार्वाहीमा परेका छन । हुुकिङ गरेर घरमा वत्तीवाल्ने , सिचाईका लागी मोटरकोे प्रयोगगर्ने कार्वाहीमा परेको विद्युुत प्राधिकरण विराटनगर वितरण केन्द्रले जनाएको छ । प्रयोग भएका मटर , टेलिभिजन, फ्रिज लगायत इलोक्ट्रोनिक उपकरण समेत वरामद गरिएको इन्जिनियर पंकजकुुमार गोइतले जानकारी दिए । केहि महिनादेखि चुुहावट नियन्त्रण अभियानलाई प्राधिकरणले तिव्र वनाएको छ ।
अभियान अन्र्तगत कार्वाहीवाट साढे ११ लाख रुपैया राजश्व असुुली भएको इन्जिनियर गोइतले वताए । विद्युत प्राधिकरणले प्रहरीको सहयोगमा टोली वनाएर हुुकिङ नियन्त्रण अभियानलाई तिव्र वनाएको छ ।
सर्वसाधरणदेखी उद्योग संचालनगर्नेहरु समेत कार्वाहीमा परेका छन । विराटनगर लगायत कटहरी, टंकिसिनवारी, वुुधनगर तथा वुुढिगंगामा बढी बिजुली चोरी भएको पाईएको हो ।
मोरङमा दक्षिणभेगमा बढी संख्यामा बिद्युत हुकिङ गरी प्रयोग गरेर विद्युुत चोरी हुुने गरेको पाइएको छ । समयमा विजुलीको मिटर नपाउने समस्याले गर्दा हुकिङ गर्ने गरेको उपभोक्ताले बताएका छन् । मिटर माग्न जाँदा मिटर नपाएपछी लगाएको धानवालीलाई आवश्यक सिचाईगर्नका लागि पनि हुकिङको प्रयोग हुने गरेको किसानहरु नै बताउँछन् ।
विराटनगर वितरण केन्द्र अन्तरगत साउन देखी वैशाख सम्म १० दशमलव १ प्रतिशत विजुली नेटलस भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्