निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी बर्षौ देखि शोषणमा (यस्तो छ कारण)

निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी बर्षौ देखि शोषणमा (यस्तो छ कारण)

विराटनगर २१ जेठ ।
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहले बर्षौदेखि शोषणमा परेको गुनासो गरेका छन् । नेपाल संस्थागत विद्यालय शिक्षक युनियन मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई चरम शोषण गरेको आरोप लगाएका हुन् । ‘मुलुकमा प्रजातन्त्र , लोकतन्त्र, गणतन्त्र र संघियता आदि आएरर पनि हामी निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई ‘बेल पाक्यो हर्स न विर्ष ’ भने झै भएको नेपाल संस्थागत विद्यालय शिक्षक युनियन मोरङका सचिव प्रेम तामाङले गुनासो गरे ।
यसैविच, नेपाल संस्थागत विद्यालय शिक्षक युनियन मोरङले एक नम्बर प्रदेशका सामाजिक तथा शिक्षामन्त्री जीवन घिमिरेलाई १६ बुदे मागपत्र बुझाएका छन् । उनीहरुले निजी विद्यालयमा कार्यररत शिक्षक तथा कर्मचारीहरुको लागि नियुक्ती पत्र पाउनुपर्ने, सरकारी शिक्षक सरह तलव हुनुपर्ने, सञ्चय कोषको व्यावस्था हुनुपर्ने, महङगी नियन्त्रण, उपदान, पोशाक भत्ताको व्यावस्था हुनुपर्ने उनीहरुको मागपत्रमा उल्लेख छ ।
त्यसैगरी श्रम ऐनले तोकेको सेवा सुविधा लागु गर्नुपर्ने विद्यालय व्यावस्थापन समितीको गठनमा शिक्षकलाई समावेश गर्नुपर्ने , सार्वजनिक विदामा पनि विद्यालय लगाई शिक्षकलाई बोलाईने कामलाई रोक्नुपर्ने, सुत्केरी विदामा शिक्षक तथा कर्मचारीको मुख हेरीनुपर्ने, विरामी विदा पनि छुट्यााउनु पर्ने, लगाएका माग प्रस्तुत गरेका छन् । निजी विद्यालयहरुले माग सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जाने उनीहरुले चेतवानी दिएका छन् ।
आन्दोलन अन्तरगत नारा, जुलुस, अनसन र हातमा कालो पटी लगाएर विरोध गर्दै भष्टचार विरुद्धको अभियानको थालनी गरिएको समेते केन्द्रिय शिक्षा संयोजक चिराग सरलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्