मोरङमा २५ प्रतिशत किशोरीको विवाह पुर्ब गर्भपतन, एक बर्षमा १७ हजारको परिवार नियोजन

<span class='c1'>मोरङमा २५ प्रतिशत किशोरीको विवाह पुर्ब गर्भपतन,</span> <span class='c2'>एक बर्षमा १७ हजारको परिवार नियोजन</span>

विराटनगर,२२ जेठ । नेपालमा परिवार नियोजन गर्नेको संख्या बढ्दै गएको पाईएको छ । नेपाल परिवार नियोजन संघले विराटनगरमा जिल्लास्थीत सरोकारवाला कार्यालयहरुसँग भएको छलफलको क्रममा सन २०१७ मा १७ हजार ६५ जनाले परिवार नियोजन गराएको पाईएको हो । ३७ जिल्लाका कार्यक्रम गर्दै आएको परिवार नियोजन संघले मोरङमा पनि काम गर्दै आएको जानकारी दिँदै परिवार नियोजन सँगै सुरक्षित गर्भपतन पनि परिवार नियोजन संघले गराउँदै आएको जानकारी दिईएको थियो । नेपाल परिवार नियोजन संघ बिराटनगरका कार्यालय प्रमुख शंकर दाहालले गर्भपतन गराउन आउनेको संख्या पनि बढ्दै गएको जानकारी दिए। उनका अनुसार सन २०१७ मा २ सय ७३ जनाले गर्भपतन गराएकामा २४ बर्ष मुनीका २५ प्रतिशत किशोरीले गर्भपतन गर्ने गरेको बताए । १४ देखि १९ बर्ष उमेरका १५ प्रतिशतले गर्भपतन गराउने गरेको पाईएको छ । गर्भपतन गराउने सन्दर्भमा गोपनियताको बिषयसँग जोडिएर आउने भएकोले पनि परिवार नियोजनको बिषय सबैसम्म पुगेको भएपनि यसरी परिवार नियोजन गर्न आउने तथ्यांक हेर्दा उमेर समुहको आधारमा १४ देखि १९ बर्ष उमेर समुहका १५ प्रतिशतले गर्भपतन गराउनु भनेको विवाह पुर्बको गर्भपतन भएको बताईन्छ।
परिवार नियोजन संघले १२ हप्तासम्मको सुरक्षित गर्भ पतन, पाठेघरको मुखको क्यान्सर, सामान्य स्वास्थ्य जाँच, खोप, परिवार नियोजनसँग सम्बन्धित कामहरु गर्दै आएको परिवार नियोजन शाखा बिराटनगरले जनाएको छ । स्वेच्छिक परामर्श, गर्भवती परिक्षण लगायतका काम पनि गर्दै आएको छ । सन २०१७ मा १७ हजार ६५ जनाको परिवार नियोजन गराएको छ । २०१८ समा १८ हजार ८ सयको परिवार नियोजन गर्ने योजना परिवार नियोजन संघसँग रहेको संघका अध्यक्ष सन्तनु रेग्मीले बताए ।
सानैै उमेरमा समेत बालिकाको गर्भपतन गरेको समेत पाईएकोले त्यस्ता बिषय कानुनी हुने भन्दै त्यो बिषय प्रहरीसँग सम्बन्धित भएकोले प्रहरीलाई जानकारी गराएर मात्र गर्भपतन गराउनु पर्ने जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी निरिक्षक जमुना बस्नेतले बताईन । महिला तथा बालबालिका कार्यालय मोरङकी प्रमुख दुर्गा भण्डारी बरालले आमा रहेमा मात्र बच्चाको कुरा उठ्छन् तर अबस्थाको आधारमा बालिका गर्भवती भएपछि आउने समसया र त्यसको निरुपणको लागि हुने गर्भपतनका कुरा संवेदनशिल हुने बताईन् । बलात्कारका घटनाहरुसँग सम्बन्धित गर्भपतन भने अभिभावकको दवावमा हुने गरेकोले गर्भपतन समस्याको रुपमा रहेको जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्