कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय

कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय

कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ । कतारी नागरिकको हत्यामा नेपालीलाई कतारको अदालतले  मृत्युदण्डको सजाय सुनाएको हो ।

महोत्तरी जिल्ला औरही घर भएका अनिल चौंधरीलाई न्यायाधीस मुस्तफा अल वेदाहेवी सहितको संयुक्त इजलासले मृत्युदण्डको सजाय सुनाएको छ । नेपालबाट कामको लागि कतार पुगेको अनिल एक कम्पनीमा लेवरको रुपमा कार्यरत थिए । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमजालनी अल नाउइमीको हत्या गरेको आरोपमा सन् २०१७ अप्रिल १७ मा उनी पक्राउ परेका थिए ।

कतारस्थित नेपाली दुतावासले उनको जीवन रक्षाको लागि कतारको सर्वोच्च अदालतमा अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्