विराटनगर सरसफाईको कुुरै छैन, प्रदेश प्रमुखदेखि मेयरसम्मको एकदिने साईकल मोह

<span class='c1'>विराटनगर सरसफाईको कुुरै छैन, प्रदेश</span> <span class='c2'>प्रमुखदेखि मेयरसम्मको एकदिने साईकल मोह</span>

प्रेम देवान
विराटनगर २२ जेठ ।
विराटनगर महानगरपालिका मुख्यद्धारमै सबैजना लामबद्ध रुपमा साईकल लिएर बसेका । आज बिहानै करिब ७ बजे तिर देखिएको यो दृश्य रमाईलो खालको थियो । कोही साईकलमा कोह हिँड्दै गरेका अनी कोही ब्यानर र प्ले कार्ड सहित एउटा समुह अगाडी बढ्दै थियो । बिराटनगर महानगरपालिका अगाडीबाट निस्किएको यो समुहमा एक नम्बर प्रदेशका प्रदेश प्रमुख डा.गोबिन्द तुम्बाहाङ मात्र थिएनन् अन्य ब्यक्तिहरु उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैत, विराटनगर महानगरपालिका मेयर भिम पराजुली साईकलमा थिए भने सँगै हिड्दै थिईन उपमेयर ईन्दीरा कार्की ।
विश्व वाताबरण दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा एकैछिन भएपनि एक नम्बर प्रदेशका प्रदेश प्रमुख देखि मन्त्रीसम्मले साईकल चलाएर वातावरण दिवस मनाए । ‘प्लास्टिक प्रदुषण निर्मूल पारौ, पून प्रयोग गर्न नसके बहिस्कार गरौं’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस विराटनगरमा पनि साईकल र्यालीको आयोजना गरि मनाईएको छ । खास गरी दिवसका अवसरमा सरकार तथा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम समेत गरेका छन् ।
रमाईलो गर्न साईकल
विराटनगरमा दिवसको अवसर पारेर भव्य फरक शैलीमा विश्व वाताबारण दिवस मनाईएको छ। एकैछिनको लागि भएपनि प्रदेश प्रमुख तथा मन्त्री तथा मेयर समेत साईकल चढेर रमार्ईलो गरे । सँधै उही धुलो, उही धुवाँ र प्रदुषणका बिच आफ्नै गाडीले प्रदुषण गराउँदै हिड्ने उच्च ओहदाका ब्यक्तिहरुले यसरी साईकल चढेर हिँडेको देख्दा स्थानीयले भने ‘हात्तीको देखाउने दाँत’को संज्ञा दिएका छन् ।
एक नम्बर प्रदेशका प्रदेश प्रमुख लगायत उच्च पदका मन्त्रीहरु नाटकीय शैलीमा साईकलमा थिए । वाताबरण सफा गर्न चाहाने हो भने एक छिनकालागि साईकल चढेर भन्दा पनि बिराटनगरमा देखिएको फोहोर ब्यवस्थापन गरेर देखाउन नगरवासीले चुनौती दिएका छन् । संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेश मास्केले एक छिनका लागि यसरी साईकल चढेर देखाउन भन्दा बिराटनगरलाई कसरी सफा बनाउन सकिन्छ भन्ने तर्फ निति बनाएर कडाईका साथ अघि बढ्ने हो भने सबैभन्दा बढी प्रभावकारी हुने बताए । साँच्चिकै बाताबरण सफा राख्न चाहने हो भने विराटनगरको लागि मात्र हैन एक नम्बर प्रदेशकै लागि हिलो र धुलोको ब्यवस्थापन गर्नु पर्ने जरुरी छ ।
प्रदेश प्रमुख प्रा.डा. तम्वाहाङले साईकल चढेरै विश्व बाताबरण दिवशको उदघाटन गरेर देखाए । बन तथा बाताबरण मन्त्रालयले उपलब्ध गराएको एक दर्जन साईकल प्रदेश न .१ का मन्त्री , सचिव र प्रहरी प्रमुखहरुले चढेरै बिराटनगरमा साईकल यात्रा गरेका थिए । महानगरबाट निस्किएको साईकल र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
प्रत्येक बर्ष मनाईने यो दिवशले नगरवासीलाई स्वच्छ, सफा नगर राख्न सन्देश दिएपनि कुनै सुधार आउन सकेको छैन । विराटनगर अस्थायी राजधानीको रुपमा रहेको अबस्था छ । र आगामी दिनमा पनि बिराटनगर नै स्थायी राजधानी बनाउने कसरत जारी रहेको अबस्थामा अब यसरी साईकल चढेर देखाउन भन्दा पनि नगरवासीलाई कडाईका साथ सरसफाईको बारेमा सचेतना फैलाउने र कानुनी दायरामा ल्याएर हाम्रो बिराटनगर सफा बिराटनगरको अबधारणा ल्याएर कार्यान्वयनमा जाने हो भने बिराटनगरलाई सफा नगर बनाउने एक बर्ष पनि नलाग्ने सम्बद्ध कर्मचारीहरु बताउँछन् । एक दिन चढ्ने साईकलले दिवस त मनाईएला तर यसको सही कार्यान्वयन साईकल र्यालीले नगर्ने नागरिकको बुझाई छ ।
दिवसको शुरुवात
संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाईदै आएको हो । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा हरेक बर्ष मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्