साउदी अरबका महिलाले पाए पहिलो पटक ड्राइभिङ लाइसेन्स

<span class='c1'>साउदी अरबका महिलाले पाए</span> <span class='c2'>पहिलो पटक ड्राइभिङ लाइसेन्स</span>

काठमाडौं, जेठ २३ । साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन् ।

सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरिएको हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय लिनुभएको थियो ।

अब यही जुन २४ देखि साउदी अरममा महिलाले सडकमा सवारी चलाउन पाउने छन् । यसका लागि महिलालाई लाइसेन्स वितरण गरिएको हो ।

सोमबार राजधानी रियादसहितका केही शहरमा १० जना महिलालाई लाइसेन्स वितरण गरिएको र आगामी हप्तासम्म २ हजार महिलालाई वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

लाइसेन्स पाएसँगै सडकमा गाडि चलाउने आफ्नो सपना पूरा भएको साउदीका महिलाले बताएका छन् ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्