सिङ्गापुरमा ट्रम्प र किमको सुरक्षामा गोर्खा !

सिङ्गापुरमा ट्रम्प र किमको सुरक्षामा गोर्खा !

रोयटर
सिङ्गापुर, जेठ २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् ।
जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी हुन आउँदा दुबै नेताले आ–आफ्नै सुरक्षा दस्ता ल्याउने भए पनि सम्मेलन स्थल, सडक र होटलको सुरक्षा गोर्खाहरूले गर्ने त्यहाँको भिआईपी सुरक्षाका जानकार एक कुटनीतिज्ञलाई उद्धृत गर्दै रोयटर समाचार संस्थाले समाचार दिएको छ ।
सिङ्गापुरमा धेरै कम मात्रामा देखिने गोरखालीहरू केही दिन अघि मात्रै भएको ‘साँग्रीला डायलग’ कार्यक्रममा समेत सुरक्षाका लागि तैनाथ भएका थिए । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी रक्षामन्त्री जेम्स माथीस र त्यस क्षेत्रका अन्य मन्त्रीहरू समेत उपस्थित थिए ।

नेपालमा छनोट गरी सिङ्गापुर प्रहरीमा कार्यरत नेपाली गोरखाहरू बडी आर्मर तथा बेल्जियमा बनेको एफएन एससीएआर कम्व्याट एसल्ट राइफल, पिस्तोलसहित तैनाथ गरिने जनाइएको छ । 
सबै आधुनिक हातहतियारले सुसज्जित भए पनि गोर्खाहरू भने आफ्नो साथमा खुकुरी नबोकी कुनै युद्धमा जाँदैनन् । त्यो धारिलो र ओजनदार खुकुरी सधैं उनीहरूको रोजाइमा पर्छ । सिङ्गापुरको इन्टरनेशनल इन्ष्ट्च्यिूट फर स्ट्याटिजिक स्ट्डिज सिङ्गापुरका आर्म फोर्स विज्ञ टिम हुक्स्ली भन्नुहुन्छ, “उनीहरू सिङ्गापुरले उपलब्ध गराउन सक्ने उत्कृट दस्ता हुन, र उनीहरूलाई संलग्न गराइने कुरामा म विश्वस्त छु ।”
उहाँले भन्नुभयो, “गोर्खाहरु निकै उत्कृष्ट छन र अग्रपंक्तिमा रहेने फौज हुन र यस्ता विशेष कारवाहीका लागि गोरखाहरू तालिम प्राप्त छन् ।” तर सिङ्गापुर प्रहरीका प्रवक्ताले भने गोरखाको परिचालन र उनीहरूको संख्याका बारेमा बताउन चाहेनन् । इन्टरनेशनल इन्ष्टिच्युट फर स्ट्याटिजिक स्टडीज सिङ्गापुरका अनुसार त्यहाँका छ वटा अर्ध सैनिक कम्पनीमा झण्डै १८ सय गोरखा कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्