विराटनगर महानगरले थाल्यो कोशी अञ्चल अस्पताल सुधार अभियान , मेयर पुगे कुचो सहित बढार्न

विराटनगर महानगरले थाल्यो कोशी अञ्चल अस्पताल सुधार अभियान , मेयर पुगे कुचो सहित बढार्न

विराटनगर, २३ जेठ । महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान शुरु भएको छ । केही दिन अघि मात्र हातेमालो अभियानले संचालन गरेको सरसफाई अभियान लगत्तै महानगरले कोशी सुधारको लागि पहल थालेको हो । अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा विभागको सरसफाईसँगै फोहरमैला व्यवस्थानकालागि भौतिक संरचना सुधारमा अभियान सञ्चालन शुरु भएको हो । महानगरले अस्पतालको आसपासको क्षेत्रमा सरसफाइ अभियान समेत सञ्चालन गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले अस्पताललाई क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए ।
अस्पतालका सुधार गर्नुपर्ने पक्षका विषयमा योजना निर्माण गरेर महानगरमा प्रस्ताव ल्याउन अस्पताल प्रशासनलाई आग्रह गरे । 
सरसफाइ अभियान कार्यक्रममा विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल, कोशीअञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रोशन पोखरेल, अस्पतालका प्रशासन प्रमुख नवराज लुइँटेल लगायत सरसफाईमा जुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्