किराँत राज्यको अबस्थाको झल्को दिने चलचित्र ‘किराँत भुमी’ पुर्वमा छायाङकन शुरु

किराँत राज्यको अबस्थाको झल्को दिने चलचित्र ‘किराँत भुमी’ पुर्वमा छायाङकन शुरु

प्रेम देवान
विराटनगर २३ जेठ । नेपालको ईतिहाँसमा किराँत राज्यको अबस्थाको झल्को दिने नेपाली कथानक चलचित्र ‘किराँत भुमी’ निर्माण को तयारी थालिएको छ । त्यो बेलाको अबस्था र शासकहरुबाट किराँत राज्य कसरी विलय भएको थियो भन्ने बारेमा चलचित्रमा देखाईने निर्माण पक्षको भनाइृ छ ।
कोशी भिजन फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको ऐतिहाँसिक किराँत कालखण्डमा भएका घटना क्रमलाई चलचित्रमा हेर्न पाईने छ । किराँत काल खण्डमा घटित घटनाक्रमलाई सिलसिलेवारको रुपमा चलचित्रमा देखाउन खोजिएको निर्माण पक्षको दाबी छ । चलचित्र निर्माण पक्षले विराटनगरमा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी गराएको हो ।
चलचित्रमा किराँत राज्यमा किराँतीहरुको अबस्था, धर्मसस्कृती, भाषा भेषभुषा, कला, साहित्य, जातजातिका रितिरिवाजको बारेमा देखाउन खोजिएको चलचित्रका निर्देशक तथा कलाकार आकाश राईले जानकारी दिए । नेपालको सिमाङ्गकन, देश तथा समाजका ठुलाबडा भनाउँदाहरुले सोझासाझा जनताहरुलाई आपसमा भिडाएर कसरी फाईदा लिन्छन् भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको निर्देशक राईले बताए । करिब ६० लाखको लागतमा बन्न लागेको चलचित्रमा युनिशा राई र शरु राईलाई पनि देख्न पाईने छ ।
चलचित्रमा मुख्य कलाकारहरु आकाश राई,मिना मादेन लिम्बु, युनिशा राई, सांकेन राई, बोधराज पौडेल, शिव भटराई, भावनानेपाल, देव राई, रेखा लिम्बु, तेजेन्द्र भण्डारी लगयातका कलाकारले अभिनय गर्नेछन् । बाल कलाकारहरुमा मिशन राई र प्रकृति राई रहेका छन् । फिल्मको आजै विराटनगरमा शुभमुहर्त गरिएको छ । फिल्मको निर्देशन आकाश राई, छायाङकन सुमन योञ्जन रहेका छ । चलचित्रमा गितकार आकाश राई, रुद्र श्रेष्ठ रहेका छन् । गित पूर्वाञ्चल डिजीटल रेकडिङ स्टुडियो रेकर्डिङ हुने जजनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्