विराटनगरको कोशी प्रोजेक्टमा यसरी बिजुली पोलमा आगो लाग्यो

विराटनगरको कोशी प्रोजेक्टमा यसरी बिजुली पोलमा आगो लाग्यो

विराटनगर, २३ जेठ ।
विराटनगरको कोशी प्रोजेक्टमा बिद्युत सर्ट भई आगलागी भएको छ। बिजसलीको पोलमा एक्कासी आगो निस्किएको थियो । आगो निस्किएपछि पोलमा नै आगो लागेको छ । केही बेर अघि लागेको आगोले सबै पोलका तारहरु जलेर नष्टद भएका छन् । एक नम्ब प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङको क्वाटर नजिकै लागेको आगोले स्थानीय समेत त्रसित भएका थिए । बिराटनगरका पोलहरुमा अत्याधिक तारहरु जोलिएका कारण आगलागी बढ्दै जान थालेको छ । विराटनगर १३ मा रहेको कोशी प्रोजेक्टको चोकैमा रहेको यो आगलागी भएको स्थल र प्रदेश प्रमुख तुम्बाहाम्फेको निवास करिब एक सय मिटरको दुरीमा रहेको स्थानीयले बताएका छन् । स्थानीय प्रदिप थारुले एक्कासी आगलागी भएपछि स्थानीयले निभाउन खोज्दा थप क्षती हुने भन्दै डराएका थिए । आगो नियन्त्रणमा लिनको लागि प्रहरीलाई खबर गर्दा समेत प्रहरीले दमकल नपठाएको, दमकललाई सिधै फोन गर्दा पनि ढिला गरेको स्थानीयले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्