विराटनगरको बोर्ड बैठकमा तनाव, प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्ष बिच हात हालाहाल

<span class='c1'>विराटनगरको बोर्ड बैठकमा तनाव, प्रमुख प्रशासकिय अधिकृत</span> <span class='c2'>र वडा अध्यक्ष बिच हात हालाहाल</span>

विराटनगर, २४ जेठ ।
बिराटनगर महानगरपालिकाको बुधवार बसेको बोर्ड बैठकमा प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्ष बिच हात हालाहाल भएको छ । कार्यकारी अधिकृत कुमार प्रसाद दाहाल र वडा नम्बर ६ का वडा अध्यक्ष बिजय कामत बिच हात हात हालाहाल भएको हो । कामतले प्रशासकिय धिकृत निरंकुश हुन खोजेको भनेपछि वडा नम्बर १५ का अध्यक्ष मनोज कुमार सुब्बाले कामतलाई संयमता अपनाउन भनेका थिए। सुब्बाले आफुमाथि पानीको बोतल फालेको कारण तनाव भएको बताएका छन् । सोही क्रममा प्रशासकिय अधिकृत दाहाल बिच हात हालाहालको अबस्था उत्पन्न भएको कामतले बताए।
बोर्ड बैठकमा सहभागी अर्का एक वडा अध्यक्षले भने, कामत र प्रशासकिय अधिकृत दाहाल बिच सामान्य भनाभन मात्र भएको बताएका छन् । फोहोर मैला ब्यवस्थापन गर्ने कम्पनीलाई आफ्नो सिफारिस बिना रकम भुक्तानी गरेको भन्दै वडा अध्यक्ष कामत प्रशासकिय अधिकृत दाहालसँग खरो रुपमा उत्रिएका थिए । कामत महानगरका सामाजिक विकास समितिका संयोजक समेत हुन । उनले सोही कारणले आफ्नो क्षेत्राधिकारको प्रश्न उठाएका थिए ।
सो बिषयमा प्रशासकिय अधिकृत दाहालले त्रुटी सच्याउँदै जाने भन्दै शिष्टाचारका लागि माफी मागेका थिए । प्रशासकिय अधिकृत दाहालले माफी मागिसकेकाले अनावस्यक आवेगमा आएका वडा अध्यक्ष कामतले पनि माफी माग्नुपर्ने भन्दै वडा नम्बर १५ का अध्यक्ष मनोज सुब्बा लगायतका अन्य वडा अध्यक्षले भनेपछि सामान्य तनाव मात्र भएको बैठकमा सहभागी ति वडा अध्यक्षले भने ।
बिराटनगर महानगरमा सरुवा भएर आएपछि प्रशासकिय अधिकृत दाहाल महानगरको बैठकमा पहिलो पटक सहभागी भएका थिए । मंगलवार अपरान्ह बोलाईएको बैठकमा मेयर भिम पराजुली, उपमेयर ईन्दीरा कार्की र प्रमुख प्रशासकिय अधिकृत दाहाल ढिलोगरी महानगरमा आईपुगेका कारण वडा अध्यक्ष सहित कार्यपालिकाका सदस्यहरु आक्रोशित भएका थिए । आफुहरुलाई बोलाएर मुख्य जिम्मेवार ब्यक्ति नै निर्धारित समयमा नआएको भन्दै उनीहरुले बिरोध जनाएका थिए ।
कार्यपालिकाका सदस्यहरु रिसाएपछि मंगलवारसाँझ मंगलवार बैठक बस्न नसकेपछि बुधवार बैठक बसेको थियो । अधिकृत दाहालले कार्यालयमा हाजिर हुनसाथ कर्मचारीलाई थर्काएको भन्दै आन्तरिक कलह शुरु भएको छ । उद्घोषले छापेको छ,

यस्तो निर्णय
बुधवारको बोर्ड बैठकले विरेन्द्र सभागृहको मर्मत गर्ने, मदिराको ब्यवस्थापन गर्ने र बिराटनगर १९ बैजनाथपुरका नेपालका होचा भनिएका प्रकाश कुमार सरदारलाई मासिक ३ हजार सामाजिक भत्ता दिन निर्णय भएको मेयर भीम पराजुलीक प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए । बैठकले २०७५।०७६ को बार्षिक वजेट ,नीति ,तथा कार्यक्रमलाई नगरसभामा पेश गर्ने, ऐन ,नियम ,कानुन ,कायविधि तथा खाका अध्ययन गरी सुझाव नगरसभामा पेश गर्ने, वडा न ५ साविक वखरीमा नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिका लागि १ कठ्ठा र सिरोमणी पुस्तकालयका लागि १६ धुर जग्गा उपलव्ध गराउने, विद्युतिय सडक वत्ति सामाग्री २५ लाख ३ हजारको खरिद गर्ने समेत निर्णय गरेको छ । त्यस्तै मदिरा व्यवस्थापन तथा नियमनका लागि प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा १३ सदस्य समिति गठन गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्