विराटनगरको विकास अव ड्रोन क्यामेरामा कैद गरिने , नगरवासीलाई के फाईदा ?

विराटनगरको विकास अव ड्रोन क्यामेरामा कैद गरिने , नगरवासीलाई के फाईदा ?

विराटनगर, २४ जेठ ।
विराटनगरमा भइरहेका विकास निर्माणका कार्यहरुको भिडियो ड्रोन क्यामेरामा कैद गरिने भएको छ । विकास हुनुभन्दा अगाडी,शुरु भए पछि र सम्पन्न हुदासम्मको भिडियो कैद गरिने छ । यसको शुभारम्भ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जतुवा स्थित ट्रिटमेन्ट प्लान्टवाट गरे । उनले विराटनगरको हिजो र भोलीको स्थिती बुझ्न भावि पुस्तालाई सहयोग पुगोस भनेर भिडियो कैद गर्न लागिएको मेयर पराजुलीले जानकारी दिए ।
विराटनगर महानगरपालिकाको एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगत सिटिसी कालिका कन्स्ट्रक्सन प्रालिको सहकार्यमा नगरको छायाकंन र नक्साकंन गरिन लागेको हो । यस प्रविधिवाट विराटनगरको पहिलाको अवस्था र विकास भइसकेपछिको अबस्थावारे वुझ्न सजिलो हुने महानगरको बुझाई छ । कार्यक्रममा क्षेत्रीय शहरी विकास परियोजना प्रमुख ईन्जीनियर भरत न्यौपाने, कालिका कन्स्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर उज्जल प्रसाई लगायतले ड्रोन उडाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्