भारतमा कार्यरत एक नेपालीको गाडीको ठक्करबाट मृत्यु

भारतमा कार्यरत एक नेपालीको गाडीको ठक्करबाट मृत्यु

कञ्चनपुर जेठ २५ । भारतमा कार्यरत एक नेपालीलार्इ गाडीले ठक्कर दिँदा मृत्यु भएकाे छ । भारतको बैंगलोरमा कार्यरत कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट शख्त घाइते भएका थिए । तत्कालै नजिकको अस्पतालमा उपचारका लागि पुर्याइएपछि उनको उपचारका क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् । साहु घरका एक्ला कमाउने व्यक्ति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्