विराटनगरमा पार्किङगरी राखेको बसमा आगजनी, घटना संकास्पद

विराटनगरमा पार्किङगरी राखेको बसमा आगजनी, घटना संकास्पद

विराटनगर, २५ जेठ ।
विराटनगरको महेन्द्र चोक नजिकैको जनपथ मार्गमा पार्किङ गरि राखिएको यात्रु बाहक मिनि बसमा आगलागी भएको छ । एस. लाल पेट्रोल पम्पको नजिकै पश्चिमतर्फ जाने मार्गमा पार्किङ गरि राखिएको श्री गणेश ट्राभल्सको को १ ख ४३६१ नम्बरको यात्रु बाहक मिनि बसमा आगलागि भएको हो । आगलागिबाट बसमा अधिकांश भागमा क्षति पुगेको छ । शंकास्पद जस्तो देखिने घटनाको बिषयमा जानकारी दिँदै मोरङका एसपी मनोजकुमार केसीले आगलागीको बिषयमा अनुसन्धान शुरु भएको जानकारी दिए । उनले आगलागि भएको बसको छेउमा अन्य तीनटा बसहरु पार्किङ गरि राखिएको भएपनि अन्य बसमा क्षति नपुगेको तर अलि पुरानो जस्तो देखिने उक्त बसमा आगलागि हुनुको कारणको बिषयमा अनुसन्धान भईरहेको बताए ।आगजनीबाट करिब १३ लाखको क्षती भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्