विश्वकप रौनक : विराटनगरमा छुट्टै रौनक,घरका भित्तादेखि समाजिक सञ्जालसम्म (खेल तालिका)

विश्वकप रौनक : विराटनगरमा छुट्टै रौनक,घरका भित्तादेखि समाजिक सञ्जालसम्म (खेल तालिका)

प्रेम देवान
विराटनगर, २६ जेठ । अबको ६ दिन पछि २१ औँ संस्करणको महाकुम्भ मेला फिफा विश्वकप २०१८ रसियामा हुदैछ । विश्वकप भनेको अन्तराट्रिय पुरुष फुटबल प्रतियोगिता हो । अहिले ध्यान विश्वको विश्वकपमा केन्द्रित भएको छ । अहिले सञ्चार माध्ययमहरुमा पनि विश्वकपको हेडलाईले प्राथमिकता पाउँदै आएका छन् ।
आगामी जेष्ठ ३१ देखी असार ३१ गते एक महिनासम्म हुने खेल रोमान्चकको रुपमा मानिएको छ । अहिले नेपालमा मात्र नभएर विश्व भरी नै सबैको ध्यान केन्द्रित भईरहेको छ । फुटवलका पारखीहरु सामाजिक सञ्जालदेखि आफ्नो घरको भित्तामा समेत आफ्ना मन परेका देशको फुटबल टिमका फोटोहरु टास्न थालेका छन् ।
त्यति मात्र हैन आफुले मन पराएको देशको फुटबल टिमको जर्सीहरु लगाएर हिड्न थालेका छन् । विश्वकप दिउँसो खेल हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्ने भएपछि झनै रमाईलो हुने विराटनगर १ का नवराज काफ्लेले बताए । दिनभर ब्यस्त रहनेहरुले पनि सहज रुपमा रातीको समयमा फुटवलको आनन्द लिन पाउने उनी बताउँछन् । विराटनगर १२ को रोहीत पौडेल पनि रातमा हुने खेलले दिनभरीको थकाई सँगै सबै खेल लाईभ हेर्ने बताउँछन् ।
एक नम्बर प्रदेश सभा सदस्य कुलप्रसाद साम्बा पनि एक फुटबल पारखी हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको सर्मथन गरेका छन् । क्रिस्टीयानो रोनाल्डो सो टीममा भएका कारण पोर्चुगलले जित्ने सम्भावना देखेर आफुले पोर्चुगलको समर्थन गरेको बताए । त्यस्तै अर्का मोरङका सञ्चारकर्मी विनोद घिमीरेले अर्जेन्टिनाको समर्थन गरेका छन् । उनले फेसबुकको प्रोफाईलमा अर्जेनटिनाको जर्सी सहितको फोटो हालेर समर्थन गर्न भ्याई सकेका छन् । विराटनगर वडा नम्बर ९ का महिला वडा सदस्य निम्की पासवानले पनि अर्जेन्टिनाको सपोर्ट गरेकी छन् । त्यस्तै मोरङका मिक्लजुङ्ग गाउँपालिकाका फुटबल खेलाडी सुभाष राईले ब्राजिलको समर्थन गरेको छन् । आफ्नो फेसबुकको प्रोफाईलमा ब्राजिलका खेलाडी नेमारको फोटो सहितको तस्विर फेसवुुक वालमा राखेका छन् ।
यता विराटनगरको हरेक रेष्टुरा तथा क्याफेसपहरुमा पनि विश्वकप अंकित व्यानर तथा टुलहरु टागिएका छन् । विराटनगरका कतिपय पसलहरुमा पनि विभिन्न देशका जर्सीहरु वेच्न राखिनुले बजार बिश्वकपमय बन्दै छ ।
यस्तो छ सामाजिक संजालमा


जम्मा आठ समूह रहेको प्रतियोगिताको प्रत्येक समूहमा ४ देशले सहभागिता जनाउने छन् । विश्वकपको उपाधिका लागि आषाढ ३१ गते फाइनल खेलको प्रतिस्पर्धा हुने छ । प्राय विश्वकपको खेलहरु नेपाली समयअनुसार राति हुने गर्दछ । नेपाली समय अनुसार २१ औँ संस्करणको खेल तालिका यस्तो छ -
समूह ए
रसिया भर्सेस साउदी अरेविया (जेठ ३१, गते, ८ः४५ बजे)
इजिप्ट भर्से उरुग्वे (असाढ १, गते, ५ः४५ बजे)
रसिया भर्सेज इजिप्ट (असाढ ५ गते, ११ः४५ बजे)
उरुग्वे भर्सेस साउदी अरेविया (असाढ ६ गते, ८ः४५ बजे)
साउदी अरेविया भर्सेस इजिप्ट (असाढ ११ गते, ७ः४५ बजे)
उरुग्वे भर्सेस रसिया (असाढ ११ गते, ७ः४५ बजे)
समूह वी
मोरोक्को भर्सेस इरान (असाढ १ गते, ८ः४५ बजे)
पोर्चुगल भर्सेस स्पेन (असाढ १ गते, ११ः४५ बजे)
पोर्चुगल भर्सेस मोरोक्को (असाढ ६ गते, ५ः४५ बजे)
इरान भर्सेस स्पेन (असाढ ६ गते, ११ः४५ बजे)
इरान भर्सेस पोर्चुगल (असाढ ११ गते, ११ः४५ बजे)
स्पेन भर्सेस इरान (असाढ ११ गते, ११ः४५ बजे)
समूह सी
फ्रान्स भर्सेस अष्ट्रेलिया (असाढ २ गते, ३ः४५ बजे)
पेरु भर्सेस डेनमार्क (असाढ २ गते, ९ः४५ बजे)
डेनमार्क भर्सेस अष्ट्रेलिया (असाढ ७ गते, ५ः४५ बजे)
फ्रान्स भर्सेस पेरु (असाढ ७ गते, ८ः४५ बजे)
अष्ट्रेलिया भर्सेस पेरु (असाढ १२ गते, ७ः४५ बजे)
डेनमार्क भर्सेस फ्रान्स (असाढ १२ गते, ७ः४५ बजे)
समूह डि
अर्जेन्टीना भर्सेस अइसल्यान्ड (असाढ २ गते, ६ः४५ बजे)
क्रोएसिया भर्सेस नाइजेरिया (असाढ ३ गते, १२ः४५ बजे)
अर्जेन्टीना भर्सेस क्रोएसिया (असाढ ७ गते, ११ः४५ बजे)
नाइजेरिया भर्सेस अइसल्यान्ड (असाढ ८ गते, ८ः४५ बजे)
अइसल्यान्ड भर्सेस क्रोएसिया (असाढ १२ गते, ११ः४५ बज)े
नाइजेरिया भर्सेस अर्जेन्टीना (असाढ १२ गते, ११ः४५ बजे)
समूह ई
कोस्टारिका भर्सेस सर्बिया (असाढ ३ गते, ५ः४५ बजे)
ब्राजिल भर्सेस स्वीजरल्याण्ड (असाढ ३ गते, ११ः४५ बजे)
ब्राजिल भर्सेस कोस्टारिका (असाढ ८ गते, ५ः४५ बजे)
सर्बिया भर्सेस स्वीट्जरल्याण्ड (असाढ ८ गते, ११ः४५ बजे)
सर्बिया भर्सेस ब्राजिल (असाढ १३ गते, ११ः४५ बजे)
स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका (असाढ १३ गते, ११ः४५ बजे)
समूह एफ
जर्मनी भर्सेस मेक्सिको (असाढ ३ गते, ८ः४५ बजे)
स्वीडेन भर्सेस दक्षिण कोरिया (असाढ ४ गते, ५ः४५ बजे)
दक्षिण कोरिया भर्सेस मेक्सिको (असाढ ९ गते, ८ः४५ बजे)
जर्मनी भर्सेस स्वीडेन (असाढ ९ गते, ११ः४५ बजे)
मेक्सिको भर्सेस स्वीडेन (असाढ १३ गते, ७ः४५ बजे)
दक्षिण कोरिया भर्सेस जर्मनी (असार १३ गते, ७ः४५ बज)
समूह जि
बेल्जियम भर्सेस पानामा (असाढ ४ गते, ८ः४५ बजे)
ट्युनिसिया भर्सेस इंग्ल्याण्ड (असाढ ४ गते, १ः४५ बजे)
बेल्जियम भर्सेस ट्युनिसिया (असाढ ९ गते, ५ः४५ बजे)
इंग्ल्याण्ड भर्सेस पानामा (असाढ १० गते, ५ः४५ बजे)
इंग्ल्याण्ड भर्सेस बेलजियम (असाढ १४ गते, ११ः४५ बजे)
पानामा भर्सेस ट्युनिसिया (असाढ १४ गते, ११ः४५ बजे)
समूह एच
कोलोम्बिया भर्सेस जापान (असाढ ५ गते, ५ः४५ बजे)
पोल्याण्ड भर्सेस सेनेगल (असाढ ५ गते, ८ः४५ बजे)
जापान भर्सेस सेनेगल (असाढ १० गते, ८ः४५ बजे)
पोल्याण्ड भर्सेस कोलम्बिया (असाढ १० गते, ११ः४५ बजे)
जापान भर्सेस पोल्याण्ड (असाढ १४ गते, ७ः४५ बजे)
सेनेगल भर्सेस कोलम्बिया (असाढ १४ गते, ७ः४५ बजे)
प्रिक्वाटरफाइनल खेलहरु
समूह सी विजेता भर्सेस समूह डी उपविजेता (असाढ १६, ७ः४५ बजे)
समूह ए विजेता भर्सेस समूह बी उपविजेता (असाढ १६, ११ः४५ बजे)े
समूह बी विजेता भर्सेस समूह ए उपविजेता (असाढ १८, ७ः४५ बजे)
समूह डी विजेता भर्सेस समूह सी उपविजेता (असाढ १८, ११ः४५ बजे)
समूह ई विजेता भर्सेस समूह एफ उपविजेता (असाढ १९, ७ः४५ बजे)
समूह जि विजेता भर्सेस समूह एच उपविजेता (असाढ १९, ११ः४५ बजे)
समूह एफ विजेता भर्सेस समूह ई उपविजेता (असाढ २०, ७ः४५ बजे)
समूह एच विजेता भर्सेस समूह जि उपविजेता (असाढ २०, ११ः४५ बजे)
क्वाटरफाइनल
प्रिक्वाटर १ विजेता भर्सेस प्रिक्वाटर २ विजेता (असाढ २२, ७ः४५ बजे)
प्रिक्वाटर ५ विजेता भर्सेस प्रिक्वाटर ६ विजेता (असाढ २२, ११ः४५ बजे)
प्रिक्वाटर ७ विजेता भर्सेस प्रिक्वाटर ८ विजेता (असाढ २३, ७ः४५ बजे)
प्रिक्वाटर ३ विजेता भर्सेस प्रिक्वाटर ४ विजेता (असाढ २३, ११ः४५ बजे)
सेमिफाइनल
क्वाटरफाइल १ विजेता भर्सेस क्वाटरफाइनल २ विजेता (असाढ २६, ११ः४५ बजे)
क्वाटरफाइनल ३ विजेता भर्से क्वाटरफाइनल ४ विजेता (असाढ २७, ११ः४५ बजे)
तेस्रो स्थान
सेमिफाइनलमा पराजित दुई टोली (असाढ ३०, ७ः४५ बजे)
फाइनल
सेमिफाइनलमा विजेता दुई टोली (असाढ ३१, ८ः४५ बजे)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्