प्रधानमन्त्रीले एक नम्बर प्रदेशलाई आज सम्बोधन गर्दै

प्रधानमन्त्रीले एक नम्बर प्रदेशलाई आज सम्बोधन गर्दै

विराटनगर, २६ जेठ ।
प्रदेश नम्बर एकको सरकारले निति तथा कार्यक्रम सार्बजनिक गर्ने ठिक अघिल्लो दिन आज शनीवार प्रदेश १ को संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधान गर्ने भएका छन् । सभामुख प्रदिन कुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे संबोधन गर्ने बिषयमा शुुक्रवार बसेको संसदमा जानकारी गराएका हुन । प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङले आइतवार पहिलो पटक आगामी आर्थिक बर्ष २०७५÷०७६ को पुर्ण आकारको निति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दैछन् । बिशेष अबस्थामा सार्बजनिक बिदाका दिन पनि संसद बैठक बस्ने संघीय संसदको अभ्यासलाई पछ्याउँदै शनीवार प्रदेश १ को संसद बैटक बोलाईएको हो । प्रदेश सरकारको निती कार्यक्रम ल्याउने अघिल्लो दिन प्रदेश १ को संसदलाई पूधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम बनेपछि दुई तिहाई बहुमतको नेपाल कम्युनिष्ट पार्टी नेकपाले निति कार्यक्रम बारे शुक्रवार नै संसदीय दलको बैठक बोलाएर छलफल गरेको छ । प्रधानमन्त्री ओली आईतवार बिहान ८ः३० बजे बिराटनगर बिमानस्थल ओलीने छन् । त्यसपछि उनी होटल ह्यारिशनमा खाना खाएर निर्धारित ११ बजेको समयमा प्रदेश १ को संसदलाई सम्बोधन गर्न पुग्ने कार्यक्रम रहेको जनाईएको छ । सम्बोधन पुर्ब होटलमा रहेकै बेला प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आगामी बर्षको निती कार्यक्रमका प्राथमिकता बारे जानकारी गराउने मुख्यमन्त्री कार्यलय श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्