आज प्रधानमन्त्री ओलीले बिराटनगरमा प्रदेशसभामा सम्बोधन गर्ने , कांग्रेस भने अबरोध गर्ने तयारीमा

आज प्रधानमन्त्री ओलीले बिराटनगरमा प्रदेशसभामा सम्बोधन गर्ने , कांग्रेस भने अबरोध गर्ने तयारीमा

बिराटनगर जेठ २६ , प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) प्रदेश नम्बर १ को प्रदेशसभामा संबोधन गर्दैछन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले शनिबार प्रधानमन्त्री ओलीले संबोधन गर्ने जानकारी गराएका हुन् ।

ओलीले शनिबार ११ बजे बस्ने बैठकमा संबोधन गर्नेछन् । यता , प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभा बैठकलाई भने प्रतिपक्ष नेपाली काग्रेसका प्रदेश सभासदहरुले भने अबरोध गर्ने तयारी गरेका छन् । कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले तरुण दलका सुनसरी सभापति सिजन गुरुङलाई प्रहरीले म्याद थप गरेको विषयमा विरोध जनाउँदै संसद अवरोध गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्