विराटनगरमा ओलीको बोली- अघिल्लो सरकारको कडा आलोचना, ७ सय ५० अर्ब सकस

विराटनगरमा ओलीको बोली- अघिल्लो सरकारको कडा  आलोचना, ७ सय ५० अर्ब सकस

विराटनगर, २६ जेठ,प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले चित दुखाई गर्नु पर्ने अबस्था नरहेको बताएका छन् । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नयाँ प्रणाली भएको कारण सबैपक्षबाट उपयुक्त ढंगले सुगठन र परिचालनमा समय लाग्ने बताए। तुरुन्तै ब्यवस्थित भईहाल्ने अबस्था नभएकोले त्यसलाई ब्यवस्थापन गर्दै लगिने बताएका हुन ।
चुनावी घोषणा पत्र अनुसार बजेट ल्याउन नसकेको बिषयमा ओलीले अघिल्लो सरकारलाई दोष थोपरेका छन् । अघिल्लो सरकार बिना योजना ७ सय ५० अर्ब बाँडेकोले त्यो तिनुपर्ने दायित्व अहिलेको सरकारको रहेको बताए । ‘साढे ७ खर्ब अघिल्लो सरकारले मनपरी बाँडेको अबस्था छ, यो राजश्वको ठुलो प्रतिशत हामीले दायित्व लिनु पर्ने छ , उनले भने, अहिले अर्थतन्त्रको हिसावले घुँडा टेकेको छ, त्यसलाई ट्याकमा ल्याउनु छ । ’
योजनामा नै नभएका ठेक्का पट्टाहरु लागेकोले ७ खर्ब ५० अर्ब भनेको ठुलो रकम भएकालेले यो दायित्व पुरा गरेन भने अप्ठेरो आउने उनको भनाई छ ।

अघिल्लो सरकारको मनपरी निर्णयको कारण अहिले सामाजिक सुरक्षाको पक्षलाई धेरै बढाउन सक्ने अबस्था नरहेको प्रधानमन्त्री ओलीले बताए । ‘सामाजिक सुरक्षाको सवालमा गम्भीरताको साथ सोचिएको छ, तत्काललाई नभएपनि अरु ढंगले बिमा, स्वास्थ्य सुबिधाको पक्षहरुमा ध्यान दिएका छौ, प्रधानमन्त्री ओलीले भने ।
आगामी दिनमा भताभुङग पारिएका क्षेत्रहरुलाई ट्याकमा ल्याएपछि थप बिषयहरु नागरिकको सामाजिक सुरक्षासँग जोडिएर आउने ओलीले बताए । श्रोतको शुनिश्चीतता भन्दै उधारो र धरौटी बिनाको जमानी गर्दै ठेक्का पट्टा कार्यक्रम स्वीकृत भन्दै रकम दिईएको ओलीको आरोप छ ।

तर ओलीले समस्याका बिच यो देशबाट गरिबी हटाउँने प्रतिबद्धता जनाएका छन् । यो गरिब बस्ने देश हैन यहाँ धनी बस्ने र धनी हुने देशको सम्भावना छ । यहाँ र त्यहाँ पुगेन भन्ने कुरा केही समय पछि नरहने ओलीले बताए ।
संघीय समाजवादी फोरमलाई सरकारमा ल्याईएको बिषयमा ओलीले भने ‘अब बिपक्षी दललाई पनि सरकारमा ल्याउन पनि बेर छैन ।’ उनले सर्ब सहमतीको आधारमा देश बनाउने काममा लागेकोले विपक्षीहरु आँतिनु पर्ने अबस्था नआएको बताए । प्रदेशहरुमा पनि संघीय समाजवादीसँग मिलेर सरकार बनाउने बिषय राजनीतिमा संभावनाको बिषय भएको टिप्पणी गरे । उनले भने, ‘जहाँ जहाँ जसरी छन् त्यसकै आधारमा देश बनाउने मनसायका बिच अघि बढेको छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्