विराटनगरको संसद भवन अगाडी पत्रकारको धर्ना, प्रधानमन्त्रीको समाचार संकलनमा रोक

विराटनगरको संसद भवन अगाडी पत्रकारको धर्ना, प्रधानमन्त्रीको समाचार संकलनमा रोक

विराटनगर, २६ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले एक नम्बर प्रदेश सभालाई सम्बोधन गर्न जाने क्रममा पत्रकारलाई संसदमा प्रवेश नदिने नभएपछि पत्रकारले केहीबेर संसद भवन अगाडी धर्ना दिएका छन् । ओलीको सम्बोधनमा नियमित संसदीय रिपोर्टिङ गर्दै आएका पत्रकारलाई समेत छिर्न नदिएपछि पत्रकारहरु गेट मै धर्नामा बसेका हुन् । पत्रकार बेदराज पौडेल सहित, महाप्रसाद खतिवडा, अनन्त राज न्यौपाने लगायतका एक दर्जन पत्रकार धर्नामा बसेका हुन ।
बढीमा ५ जना पत्रकार संसद भित्र प्रबेश दिने अन्यलाई समाचार संकलनमा नै रोक लगाएपछि पत्रकारहरु आक्रोशित भएका हुन । प्रधानमन्त्री ओलीले शनिबार प्रदेश नम्बर १ संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिएको जनाउँदै सञ्चारकर्मीले विरोध गरेका हुन् । उनीहरुले प्रधानमन्त्रीको समाचार आफूहरुले संकलन गर्न पाउनुपर्ने माग गरेका छन् । संसद भवनमा प्रधानमन्त्रीले १२ बजे सम्बोधन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्