विराटनगरका जेष्ठ नागरिकका यस्तो गुनासो , कानुन भएपनि कार्यान्वयनमा समस्या

विराटनगरका जेष्ठ नागरिकका यस्तो गुनासो , कानुन भएपनि कार्यान्वयनमा समस्या

विराटनगर, २६ जेठ ।
जेष्ठ नागरिक बिरुद्ध गरिने दुब्र्यवहार बिरुद्ध १३ औ विश्व जागरुकता दिवसको अवसमा विराटनगरमा जेष्ठ नागरिक सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा नेपाल ग्रामिण विकास सेवा केन्द्र (एनआरडिसी) को आयोजनामा जेष्ठ नागरिकको अधिकार सम्बन्धि जानकारी दिईएको हो । एनआरडिसीका अध्यक्ष मणीकुमार अज्र्यालले अहिले पनि जेष्ठ नागरिकलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन नसकेको औल्याउँदै जेष्ठ नागरिकको सुरक्षाको लागि जेष्ठ नागरिक ग्रामको स्थापनाको लागि राज्यले लगानी गर्नु पर्नेमा जोड दिए ।
अधिवक्ता डिल्ली बहादुर कार्कीले जेष्ठ नागरिक सम्बिन्ध कानुनमा भएको ब्यवस्थाको बारेमा जानकारी दिएका थिए । उनले असाहय र जेष्ठ नागरिक सम्बन्धि आउने समस्या र कानुनी उपचारको बारेमा बताए । कार्यपत्र मार्फत जेष्ठ नागरिकका अधिकार, कर्तब्य, अहिले भोग्दै आएका समस्या र आगामी दिनमा आउनसक्ने समस्या सँगै समाधानको उपाय सहितको बारेमा जानकारी गराएका थिए ।
महिला बालबालिका कार्यालय मोरङका प्रमुख दुर्गा भण्डारी बरालले जेष्ठ नागरिकको अधिकारलाई संबिधानमै ब्यवस्था भएपनि जेष्ठ नागरिकले बुझ्न नसकेको बताईन् । उनले जेष्ठ नागरिकलाई सरकारले सामाजिक सुरक्षा सम्बन्धि ब्यवस्था मात्र हैन सुरक्षाको दायित्व पनि राज्यको भएको औल्याईन् ।
नर्सिङ क्याम्पसकी पुर्ब प्रमुख तथा समाजसेवी मथुरा नेपालले जेष्ठ नागरिकलाई कानुनमा एउटा लेखेको भएपनि ब्यवहारमा लागु गर्नै सकस हुने बताईन । बुढेशकालमा सामान्य समस्या आउने बितिकै कानुनको खोजी गर्न गयो भने परिवारबाट नै बहिस्करणमा पर्ने बढी जोखिम रहेको समेत उल्लेख गरिन । विराट सेवा आश्रमको समन्वयमा भएको कार्यक्रममा ५० बढी जेष्ठ नागरिकको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्