जुम्लामा तारा एयरको विमान दुर्घटना, चालक सहित १८ जना सवार

जुम्लामा तारा एयरको विमान दुर्घटना, चालक सहित १८ जना सवार

काठमाडौं, २६ जेठ। तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । नेपालगन्जबाट जुम्लाका लागी उडेको तारा एयरको 9N-AEV ट्विनेटेर विमान जुम्ला बिमानस्थलमा दुर्घटना भएको छ । १६ जना यात्रु र २ जना चालक सहित १८ जना सवार बिमानमा सबै यात्रु सकुशल रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्