विराटनगरमा प्रधानमन्त्री ओलीको संसद देखि ब्यापारीसम्मलाई सम्बोधन

विराटनगरमा प्रधानमन्त्री ओलीको संसद देखि ब्यापारीसम्मलाई सम्बोधन

विराटनगर, २६ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधीहरुले जनताको मन जित्नेगरी काम गर्नु पर्ने बताएका छन् । एक नम्वर प्रदेश सभालाई विराटनगरमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले चुुनाव अघि देश वनाउछुु भनेर जतासंग गरेको सकल्पलाई पुुरागर्न जनप्रतिनिधीलाई आग्रह गरे । लगातार एक घण्टा ४४ मिनेट भाषण गरेका ओलीले आफुुले भ्रष्टाचार पनी नगर्ने र अरुलाई पर्ने गर्न नदिने भन्दै भ्रष्टाचार गरेको पाइएमा अनुुहार नहेरी कार्वाही गरिने चेतावनी दिए । उनले राजनिति अधिकारको लडाई समाप्त भएकाले अवको एजेन्डा विकास र सुुशासन कायम गर्नुु रहेको उल्लेख गरे ।
देशको विकासमा प्रदेशको अगुवाई
प्रधानमन्त्री ओलीले एक नम्वर प्रदेश आर्थिक, समाजिक र भौगोलिक दृष्टिकोणाले सम्पन्न प्रदेश भएको भन्दै प्रशंसा गरे । उनले समवृद्ध नेपाल र सुुुखी नेपाली वनाउने सरकारको अभियानलाई पुुरागर्न एक नम्बर प्रदेश सफल हुने र त्यढसको अगुवाई यो प्रदेश गर्नुपर्ने बताए ।
इतिहासले हामीलाई जिम्मेवारी दिएको छ हामी त्यो जिम्मेवारी पुरा गर्छौ भन्ने सङ्कल्प जनप्रतिनिधीमा हुनुपर्नेमा ओलीको जोड छ। एक नम्बर प्रदेशमा विश्वकै अग्लो सगरमाथा देखि आठ हजार मिटर भन्दा बढी उचाइको हिमश्रृङ्खला, अथाह जल भण्डार, औषधिजन्य प्रजातिका अधिकांश वनस्पति पाइने भएकाले यहाँ विकास गर्न गाह्रो नभएको प्रधानमन्त्री ओलीको भनाई थियो । यी सम्भावनालाई कार्यक्रम बनाएर योजनामा ढाल्न आबश्यक रहेको प्रधानमन्त्री ओलीको तर्क छ ।
 तस्विर: रासस

यसैबिच प्रधानमन्त्री ओलीले आजै बिराटनगरका उद्योगी ब्यापारीसँग पनि भेटघाट तथा छलफल गरेका छन् । छलफलका क्रममा बोल्दै ओलीले निजिक्षेत्रको विकास बिना देशको विकास संभव नहुुने भएकाले निजिक्षेत्रको समस्या समाधानगर्न सरकार तत्पर रहेको वताए ।

[caption id="attachment_56490" align="alignnone" width="696"] ????????????????????????????????????[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्