विराटनगरका साहित्यकार सुवेदीलाई आफु बरावरको ताम्रपत्र सहित अभिनन्दन

<span class='c1'>विराटनगरका साहित्यकार सुवेदीलाई आफु</span> <span class='c2'>बरावरको ताम्रपत्र सहित अभिनन्दन</span>

विराटनगर, २६ जेठ । विराटनगरका साहित्यकार दधिराज सुबेदीलाई आज विराटनगरमा एक समारोहका बिच अभिनन्दन गरिएको छ । विगत ५ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय वरिष्ठ साहित्यकार प्राज्ञ सुवेदीलाई अभिनन्दन गरिएको छ । चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा विराटनगरसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय २ सयभन्दा बढी संस्थाहरूले साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरेका हुन् ।
बि.सं.२००४ सालमा भोजपुरमा जन्मिएका सुवेदी दुईपटक नेपाल पज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य भएका थिए । विशेष गरी समालोचना क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सुवेदीका दुई दर्जनभन्दा बढी मौलिक र सम्पादित कृति प्रकाशित छन् । “नेपाली साहित्यमा मात्रै नभएर समाजका हरेक क्षेत्रमा योगदान विशिष्ट योगदान पु¥याएकाले उहाँलाई नागरिक अभिनन्दन गरेका हौं,” कार्यक्रमकी संयोजक गंगा सुवेदीले भनिन्, “राष्ट्रले गर्नुपर्ने काम हामीले गरिरहेका छौं । सर्जक भनेको राष्ट्रको अमूल्य सम्पत्ति हो ।”
सुवेदीको अग्रसरतामा स्थापित प्रतिभा पुरस्कार प्रतिष्ठानले हालसम्म ५० जनाभन्दा बढीलाई सम्मान र पुरस्कृत गरिसकेको छ । प्रतिष्ठानको उनी अध्यक्ष हुन् । साहित्यका साथै शिक्षा, धार्मिक, सामाजिक क्षेत्रमा समेत सुवेदीको महत्वपूर्ण योगदान रहेको आयोजक संस्थामध्येको पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले बताए ।
दोसल्ला, माला र टीका लगाइदिएर सुवेदीकै उचाइ बराबरको ताम्रपत्र भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिनिधि सभाका सांसद डा. मीनेन्द्र रिजाल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेशसभा सदस्य जयराम यादव, विन्ध्या कार्की लगायतले हस्तान्तरण गरेका थिए ।
उनकै सम्पादनमा २०२८ सालदेखि प्रकाशित हुँदै आएको बरगाछी पत्रिका हालसम्म निरन्तर रुपमा प्रकाशित भइरहेको छ । सुवेदीका शरद, रुपक दुई छोरा र रानु पोखरेल एक छोरी छन् । समारोहमा सुवेदीकी श्रीमती मीनालाई पनि अभिनन्दन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्