सुन प्रकरण : गोरे, भुजुङ र छिरिङलाई थप अनुसन्धानको लागि काठमाडौँ लगिँदै

सुन प्रकरण : गोरे, भुजुङ र छिरिङलाई थप अनुसन्धानको लागि काठमाडौँ लगिँदै

विराटनगर, २८ जेठ ।
सुन तस्करी र मोरङ उर्लावारीको सनम शाक्य हत्या प्रकरणका प्रतिविादी बनाईएका मध्य ३ जनालाई काठमाडौँ लैजाने बाटो खुलेको छ । मुख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेती सुनतस्करीका लगानी कर्ता भुजुङ गुरुङ र छिरिङ वाङ्दा गुरुङलाई काठमाण्डौँ लैजान जिल्ला अदालत मोरङले आईतवार अनुमती दिएको छ । जिल्ला न्यायाधिश नारायण प्रसाद शर्माको ईजलाशले तिनैजनालाई काठमाडौँ लैजान पाउने गरी अनुमती दिएको अदालतका नायव सुब्बा रुद्र खड्काले बताए । खड्काका अनुसार अदालतको अनुमतीले सम्पती सुद्धीकरण अनुसन्धान विभागले तिनैजना माथि अनुसन्धान गर्न पाउने भएको छ ।
विभागले सम्पती सुद्धीकरण सम्बन्धि मुद्दामा अनुसन्धानका लागि काठमाडौँ झिकाउनु पर्ने भन्दै उनीहरुको सम्बन्धमा अदालत समक्ष अनुमती माग गरेको थियो । अदालतले अनुसन्धान सकेपछि सम्बन्धित कारागारमा फिर्ता पठाउने गरी तत्काललाई विभागले अनुसन्धान गर्न पाउने भनेर अनुमती दिएको खड्काले बताए । सनम शाक्य हत्या अनुसन्धानको क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका प्रतिवादीलाई आईतवार समय अभाव भएपछि सोमबार काठमाडौँ लैजाने तयारी भएको श्रोतको भनाई छ ।

[caption id="attachment_55086" align="alignnone" width="696"] गोरे, भुजुङ र छिरिङ सुन तस्करी र सनम हत्या आरोपमा पुर्पक्षको लागि थुनामा रहेकाछन् । गोरे र छिरिङ मोरङ र भुजुङ क्षेत्रीय कारागार झुम्कामा रहेका छन् । [/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्